‘मिस वर्ल्ड’ टप ४० मा मिस नेपाल अनुष्का 

काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगिसकेकी छिन् । डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’को लागी अनुष्काले हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा मिस इन्डोनेसियालाई हराउँदै ’टप ४०’ मा पर्न सफल भएकी छिन् । 

यसै गरी उनी ’ब्युटी विथ पर्पोज’को लागी टप १० मा पर्न सफल भएको छिन् । अर्को प्रतिस्पर्धा मल्टिमिडियामा नेपाल अलिकति पछाडि परेको छ । उल्लेख्य रूपमा भोट भए पनि युक्रेन र भियतनाम नेपाल भन्दा अघि पुगेका छन् ।

 भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । अनुष्काले सर्वा्धिक भोट ल्याएमा ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसले उनलाई उत्कृष्ट २० मा सोझै पुर्‍याउनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर