• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इंग्ल्यान्डबाट नेपाल दौडिएर आउँदै ७३ वर्षीया महिला

इस्तानबुल । बेलायतकी ७३ वर्षीया महिला बेलायतबाट नेपालसम्म दौडिएर पुग्ने योजनासहित यात्रा सुरु गरेकी छिन् । रोजी स्वेल नाम गरेकी ती महिला नेपालका भूकम्पपीडतका लागि च्यारिटीमार्फत सहयोग गर्न नेपाल आउन लागेकी हुन् । उनी अहिले टर्कीको इस्तानबुल आइपुगेकी छिन् ।

रोजीका अनुसार उनले सन् २०१८ मा ‘रन रोजी रन’ क्याम्पेनमार्फत संसारभर दौडिन सुरु गरेकी हुन् । उनले अहिलेसम्म १२ देशको भ्रमण गरिसकेकी छिन् । उनले भनिन्, ‘मलाई कहिल्य पनि थाहा हुँदैन कि राति म कहाँ सुत्छु भनेर । म चौरमा पनि सुत्ने गर्छु, कहिले कहिले गल्लीमा पनि । जहाँ सुते पनि बिहान उठेर दौडिन सुरु गर्छु । म ती मान्छेहरुसँग भेट्छु जोससँग म फेरि कहिल्यै भेट गर्न सक्दिनँ ।’

रोजी हरेक दिन २० किलोमिटर दौडिने गर्छिन् । यस क्रममा उनी त्यहाँ भेटिएका मान्छेहरुसँग सहयोग माग्ने गर्छिन् । उनी एउटा ट्रली बाँधेर दौडिने गर्छिन्, जहाँ उनलाई आवश्यक पर्ने सामान राखिएको छ । उनी आफ्नो परिचय सामान्य नागरिकको रुपमा दिने गर्छिन् । तर, उनले संसारभर सुमधुर सम्बन्ध बनाएकी छिन् । आफ्नो यात्रालाई लिएर उनी भन्छिन्, ‘यो जिन्दगीलाई केही दिने तरिका हो किनभने तपाईं संसारमा आउने कुरा र यसबाट बाहिरिने कुराको प्रतीक्षा गर्नुहुन्न ।’

रोजीको पहिचान संसारको सबैभन्दा लामो धावकका रुपमा पनि छ । उनी सन् २००४ मा च्यारिटीका लागि पैसा जुटाउन संसारभर दौडिएकी थिइन् । सन् २०१५ मा उनी पूरै अमेरिकाभरि दौडिइन् । बेलायतबाट अमेरिकासम्मको सफर उनले १७ फिट लामो बोटमा गरेकी थिइन् । उनले आफ्नो दिवंगत पति क्लाइभको सम्मानमा न्युयोर्कबा सानफ्रान्सिस्कोसम्म दौड पूरा गरेकी छिन् । प्रोस्टेट क्यान्सरका कारण उनका पति क्लाइवको निधन भएको थियो ।   
   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर