लुम्बिनी विकास बैंकको लाभांश प्रस्ताव

काठमाडौं । लुम्बिनी विकास बैकले गत आर्थिक वर्षको आर्जित मुनाफानबाट लाभांश घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको मंसिर २४ गते बसेको ३५० औं बैंठकले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँको ५ प्रतिशत अर्थात १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र १५ प्रतिशत अर्थात ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृत साथै बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर