• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

महिला सभासद् तथा सांसद समूहको नयाँ कार्यसमिति

काठमाडौं । २०६४ सालमा स्थापना भएको महिला सभासद् तथा सांसद समूह महिलाको र समावेशी सवालमा सक्रिय भएको छ । समूहको आज बसेको बैठकबाट समूह पुनर्गठन गरी नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिमा सातवटै प्रदेशको प्रतिनिधि हुने गरी महिला सांसदहरू उषाकला राई, निलम वर्मा, कल्पना राणा, आशा कोइराला, दामा शर्मा, पुष्पा भुसाल, मोहमदी सिद्धिकी, कमला विश्वकर्मा, विमला केसी, कुन्ती शाही र रूपा चौधरी रहेका छन् । सो समूहको सचिवालय नेपाल कानुन समाजमा रहेको छ । २०६४ सालमा गठित सो समूहले संविधानसभामा महिलाहरूको हकहित र अधिकार स्थापित गर्न महत्त्वपूर्ण भुमिका खेलेको थियो । 
    
समूहको आज बसेको बैठकले २०६४/२०७० सालको महिला सांसदहरूको योगदान र चुनौतीको साथै २०७४ सालमा निर्वाचित महिला सांसद र स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरूको योगदानसमेत समावेश गरी अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर