• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भ्रमण वर्ष २०२० : देउडाबाट सुदूर र कर्णालीको प्रचार गर्दै जनयुद्धका बाल कलाकार शाही

सुर्खेत । कलिलै उमेरमा देश परिवर्तनको गीत गाएर चिनिएका कालिकाेटका स्वर्णिम शाहीलाई आफू कसरी कलाकार बने भन्ने पत्तो नै नभएको भन्छन् । सुदूर कर्णालीका बस्तीमा २०५७ सालपछि उनलाई बाल कलाकारको रुपमा धेरैले चिन्थे । 

भर्खर १४ पुगेर १५ वर्षमा उमेर काटिरहेका शाही माओवादी आन्दोलनमा लाग्न सबैलाई आह्वान गर्दै पूर्णकालिन रुपमा जनवादी कलाकार भएर हिँडे । ‘त्यो उमेरमा मलाई त्यो समयले कसरी कलाकार बनायो मलाई नै पत्तो छैन् । प्रेरणा त मैले थुप्रै बाट पाएँ तर हौसला मैले आफैबाट उब्जाएको हुँ ।’ उनी भन्न्छन्, ‘म कलाकार हुन भनेर त्यो समयमा युद्धमा गएको थिईंन, जनमुक्ति आन्दोलनमा जनमुक्ति सेनाको रुपमा गएको थिएँ ।’

जनयुद्धका कमाण्डरले दिएको आदेश पालना गर्दा आफू कलाका बनेको बताउँदै उनी भन्छन्, ‘समयले मलाई कलाकार बन्ने जिम्मेवारी दियो, त्यहि समयको फल हो आज म यो समयमा फेरी कलाकारको पहिचान बोकेर आएको छु ।’

जनयुद्धकालमा बाल कलाकारको परिचय स्थापित गरेका शाहीले देशका सबै जिल्ला घुमिसकेका छन् । जनयुद्धको समयमा परिवर्तनका शब्दमा संगीत भर्दै नपुगेको कुनै जिल्ला नभएको उनी स्मरले स्मरण गरे । समाचार दैनिकसंग उनले भने, ‘त्यो समयमा म नपुगेको कुनै पनि जिल्ला रहेन, त्यो बेला हामीमा नयाँ उर्जा थियो हामीले सोचेको समाज निर्माणको लागी हामीले आफ्नो जीवनको कुनै पनि प्रवाहा नगरेर हामी दुस्मनको किल्ला तोड्नको लागी तयार हुन्थ्यौ ।’ 

जनयुद्धको रणमैदानबाटै देश परिवर्तनको गीत गाउन सिकेको उनी बताउँछन् । ‘त्यहि युद्ध मोर्चाबाट मैले हार्मोनियमको पर्दाहरुसँग खेल्न सिकेको त्यहि सिकाई हो आज कलाकार बन्नुको परिचय ।’

सरकारले पर्यटन वर्ष २०२० को तयारी तीव्र बनाइरहँदा यतिबेला स्वर्णिम सरकारलाई नै सहयोग गरिरहेका छन् । बाल्यकालदेखि नै परिवर्तनका शब्दमा संगीत भर्दापनि आफूले परिवर्तनको अनुभव गर्न नपाएको दुःख सुनाउँदै स्वर्णिम कर्णाली प्रदेशलाई पर्यटनको नमुना क्षेत्रको रुपमा प्रचार गर्नका लागि व्यस्त भइसके । 
सरकारको अभियान पूरा गर्न र सुदूर कर्णालीको प्रचार गर्ने उद्देश्यस्वरुप उनले देउडा गीत समेत बजारमा ल्याएका छन् । 

सुदूर कर्णालीको कला संस्कृतिलाई शब्दमार्फत संगीत भरेर उनले वर्णन गरेका छन् । 
बैतडि छलिया , कालकिोट हुड्के नाँच 
चलन चलिया,  देउडा मागल झोडा खेल्ने 
मार्सि धान झुल्याको,  हुम्ला राम्रो हिउँ परेका 
माल चरी डुल्याको , रारा ताल रमाईलो लाग्दो 

 

शाही जनयुद्धका घाइते समेत हुन् । परिवर्तनका लागि आफ्नो ज्यानको कुनै प्रवाह नगरि युद्ध मैदानमा होमिएका शाहीले आफ्नो कलाकारिताको परिचय विभिन्न विधामा स्थापित गरेका थिए । 

उनले लेखेका सयौं गीतहरु त्यो बेलाका युद्धकालीन कलाकारले गाउने गरेका थिए । तीनै दिनका स्मरण गर्दै गायक शाही भन्छन्,‘साँच्चीकै हामी आज यो दिनमा अवतरण होला र यो परिवेशमा आउँला भन्ने कल्पना समेत गरेको थिइँन् ।’
तत्कालिन शाही सरकारको बर्बरता र अत्याचारलाई परास्त गर्दै उनी परिवर्तनका गीत गाउँदै गाउँ गाउँका जनता ब्युँझाउने गीत गाउन कहिल्यै पछि परेनन् । उनले सम्झना गरे, ‘हामीले गाएको गित नसुनेको बस्ती र हामीले हिँड्दा नटेकेको जमिनै कहिँ पनि खाली थिएन आज सबै सम्झना मात्रै भए ।’

ती पूराना दिन सम्झँदा र ती बस्तिमा पुग्दा आफू अहिलेपनि भावुक हुने गरेको भन्दै उनले आफ्ना अनुभव हामीलाई सुनाए । सुदूर र कर्णाली चिनाउनका लागि आफूमा भएको कलालाई कहिल्यै लुकाउन नखोजेको र जसको प्रतिफलस्वरुप आफ्नो क्षेत्रको प्रचारका लागि देउडा गीत निकाल्न प्रेरणा मिलेको उनी बताउँछन् ।
उनी गीत मार्फत यसरी चिनाउन खोज्छन् सुदुर र कर्णालीलाई ः
रङ्ग थरि थरि , खप्तड पाटन फुल्न्या 
लाउछिन शिरै भरी, बुकी फुल बझाङकी चेली 
सुर्खेत काक्रेविहार , डोटि अछाम रामारोशन
माघि दशै तिहार , चाँड पर्ब चल्याका हाम्रा  

युद्धको बेलामा आफूहरुले गरेको दु:ख सम्झँदै उनी त्यतिबेला परिवर्तनको बाटोमा सिंगो युवाहरु नलाएको भए अहिले यत्तिको स्वतन्त्रता पनि नपाइने तर्क गर्छन् । 

‘त्यसको  प्रभाव होला अझ सम्म म राष्ट्रप्रेमी र समाजिक गित गाउन नै रुचाउँछु ।’ उनले भने । आफ्नो संस्कृति र पहिचान नै भुल्ने गरि विकृतिपूर्ण भाषा र शैलिका गीत गाउन नहुने उनको आफ्नै तर्क छ ।

देशको पहिचान र कलालाई प्रभावकारी रुमा प्रस्तुत गरि देशको पहिचान विश्वमा चिनाउन कलाकारको भूमिका महत्वपूर्ण रहने भन्दै राजनीतिप्रति जनतामा आएको वितृष्णाको चर्चा हामीसंगको बसाइमा उनले गरे । ‘आज देशमा भएको राजनैतिक खिचातानीले पनि जनता दिक्क भएका छन् । उनले भने, ‘नेपालमा कम्युनिष्टलाई कमाउनिस्ट भन्दै हेप्न थालियो कारण हिजोको त्यो युद्धकालिन यात्रा र त्यो बेलाको सर्वहारा जिवनलाइ हाम्रा नेता लिडरले भुलिसके ।’

लाखौं जनयुद्धका कलाकार र लडाकु दैनिक विदेशिन पर्ने बाध्यता रहेको भन्दै उनी भावुक भए । आजपनि कलाकार र संस्कृतिलाई जोगेर्ना गर्न सरकारले पहल नलिएको गुनासो गर्दै उनी भन्छन्, ‘उही गित, उही डाडाँ काँडा, उकाली ओराली । सम्झनामै सीमित छन् । नेतृत्वले बिर्सियो ।’

‘डेउडा भाषामा सुदरको कला र संस्कृति’
हालै रिलिज भएको डेउडा भाषाको गित ‘चलन चलिया’’ भन्ने गितले सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र कला संस्कृतिलाई चिनाउने छ ।’ स्वर्णिम शाहीले आफ्नै शब्द, संगीत र स्वरमा गाइएको उक्त गीतमा उनलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । 

गीतले सुदुरपश्चिमका कला, संस्कृती र पर्यटनमा टेवा पुग्ने विश्वास उनको छ । पश्चिम नेपालको कला, संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्धन गर्ने उद्देश्यले बजारमा ल्याएको कगीतले दर्शक श्रोतको मन जित्ने सर्जक शाहीले आशा गरेका छन ।

को हुन शाही ?
कालिकोटको पचाल झरना गाउँपालिका–९ निवासी शाही २०५७ सालमा जनयुद्धमा पूर्णकालिन भएर जनकलाकारको रुपमा हिँडेका थिए । 

कलिलो उमेरमा जनयुद्धमा पूर्णकालिन रुपमा बाल कलाकारकारुपमा होमिएका शाहीका अहिले सम्म एक दर्जन गीतहरु रेकर्ड गराइसकेका छन् । गायीका अन्जु पन्त लगायतका कलाकारहरु संगै गित गाएका शाहि अभिनयमा पनि उत्तिकै रुचि राख्छन् । 

नाटक र टेलि फिल्ममा समेत अभिनय गरिसकेका शाही निकट भविस्यमा फिल्म नै निर्माण गर्ने सोचमा पनि छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर