आक्रोशित साहिदले कार्यक्रम बीचैमा छोडे

एजेन्सी  । अभिनेता शाहिद कपूरको फिल्म ‘कबिर सिंह’लाई दर्शकले निकै रुचाएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भयो सार्थ दर्शकले साहिदको भूमिकाको पनि प्रसंसा गरे । 

यो फिल्म २०१९ का हिट फिल्मको लिस्टमा पनि सामेल भएको छ । तर शाहिदले कुनै पनि अवार्ड पाएका छैनन् । भारतिय मिडियाअनुसार हालै एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रमको बिचबाटै उठेर हिडेका छन् । अवार्ड समारोहमा शाहिदको परफर्मेन्स रहेको थियो । तर रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कार्यक्रम छोडेर गए ।

शाहिद अहिले तेलुगु फिल्म ‘जर्सी’को रिमेकमा काम गर्दैछन् । शाहिदको साथै फिल्मको उनका बुबा पंकज कपूर पनि देखिनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर