विदेशी लगानीमा चीनकाे बर्चस्व

काठमाडाैँ । विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चस्व कायम रहेको छ । उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ ।

नेपालमा आएको विगत ५ महिनाको कुल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनीमध्ये उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख ३८ हजार ४ सय रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब ३६ करोड ५० लाख रुपैयाँ आएको विभागले जनाएको छ । त्यसैगरी अष्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, जापानबाट १० करोड १० लाख, भारतबाट २ अर्ब ४० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, दक्षिण कोरियाबाट १५ करोड, कयानडाबाट ५० करोड, मलेसियाबाट ५ करोड, पोल्यान्डबाट १५ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । याे समाचार काराेबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर