• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रोहिंग्या आमहत्या आरोपमा हेगकाे कठघरामा उभिइन् सुकी

एजेन्सी । म्यानमारमा प्रजातन्त्रका लागि लामो संघर्ष गरेकी नेतृ आङ सान सुकीले रोहिंग्या मुस्लिम माथि आमहत्या मच्चाएको आरोपमा हेगस्थित अदालतमा बयान दिएकी छन् ।

संयुक्त राष्ट्रसंघको इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) हेगमा म्यानमारमाथि लागेको रोहिंग्या मुसलमानको आमहत्या सम्बन्धी अभियोगमा सुकीले देशको बचाउ गरेकी हुन् ।

नोबेल शान्ति पुरस्कार विजेता सुकी रोहिंग्या मुसलमान समुदायमाथि भएको दमन र उनीहरुको आमहत्याको अभियोगमा अन्तर्राष्ट्रिय अदालत हेगमा म्यानमारको बचाउ गर्न प्रस्तुत भएकी हुन् ।

हेगमा भएको प्रारम्भीक चरणको सुनुवाईको क्रममा बयानका लागि उपस्थित भएकी नेतृ सुकीले आफ्नो सुरुवाति सम्बोधनमा म्यानमारमाथि लगाइएको अभियोग ‘अपूरो र गलत’ रहेको दाबी गरेकी छन् । रोहिंग्या मुसलमानको बसोबास रहेको रखाइन राज्यमा शदियौँदेखि नै तनावको अवस्था रहेको उनले बताएकी छन् । म्यानमारमाथि रोहिंग्या मुसलमानलाई गम्भीर दमन गरेको तथा उनीहरुको निमर्म तवरले आम हत्या गरेको अभियोग लागेको छ र सो मुद्दाको सुनुवाई अन्तर्राष्ट्रिय अदालत हेगमा भइरहेको हो ।

बुद्धिस्ट बाहुल्य म्यानमारमा सन् २०१७ मा बुद्धिस्ट तथा सुरक्षा अधिकारीले रोहिंग्याहरुमाथि दमन गरेका थिए । सो हिंसाका कारण सात लाख भन्दा बढी रोहिंग्याहरु छिमेकी देश बंगलादेशमा शरण लिन बाध्य भएका छन् । यस्तै भारत तथा नेपालसम्म पनि बिस्थापित भएका रोहिंग्याहरु आएका छन् ।

सो हिंसामा रखाइन राज्यमा बस्ने धेरै रोहिंग्याहरुको सामूहिक हत्या भएको थियो । तर म्यानमार सरकारले भने आफूले कुनै पनि किसिमको अत्याचार नगरेको र अतिवाद विरुद्ध अभियान मात्रै चलाएको दाबी गर्दै आएको छ । तर म्यानमारले आमहत्या गरेको भन्दै अफ्रिकी देश गाम्बियाले अन्तर्राष्ट्रिय अदालत हेगमा यो मुद्दा लगेको हो ।

हेगमा आफ्नो बयानको क्रममा नेतृ सुकीले तनावको क्रममा म्यानमारका सैनिकले केही अपराध गरेको हुन सक्ने भने बताएकी छन् । निकहरुले युद्ध अपराध गरेको पाइएमा उनीहरुमाथि कारवाही हुने उनले दाबी गरेकी छन् । सुकी सन् २०१६ को अप्रिलदेखि म्यानमारको डी फ्याक्टो लिटर छिन् । अर्थात उनी आरोपित आमहत्या भन्दा अघिदेखि देशको नेता छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर