• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बेलायतमा आज आमनिर्वाचन हुँदै

एजेन्सी । बेलायतमा बिहीबार आमचुनाव अन्तर्गत मतदान हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि मतदान सुरु हुनेछ । बेलायतमा पाँच वर्ष भन्दा कम समयमा तेस्रोपटक आमनिर्वाचन हुन लागेको हो ।

बेलायतको इतिहासमा झण्डै १०० वर्ष पहिलो पटक डिसेम्बरमा चुनाव हुन लागेको हो । यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो ।

इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि बिहीबार मतदाताले मत दिने छन् । मतदान नेपाली समय अनुसार शुक्रबार बिहान पौने चार बजे समापन हुनेछ । त्यस लगत्तै मतगणा सुरु हुने बिबिसीले उल्लेख गरेको छ । अधिकांश क्षेत्रको नतिजा शुक्रबार नै आइसक्ने छ ।

पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत बेलायतका ६५० संसदीय क्षेत्रका प्रतिनिधिको चयन यो चुनावबाट हुनेछ । सन् २०१७ मा भएको चुनावमा सबैभन्दा पहिले न्युक्यासल सेन्ट्रल संसदीय क्षेत्रको नतिजा आएको थियो । बेलायतमा हरेक पाँच वर्षकाे फरकमा निर्वाचन हुने गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर