• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजबाट तीन दिन माैसम स्थिर रहने, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाडौं । बुधबार साँझ नेपालको पश्चिमी भागबाट न्यूनचापीय प्रणाली प्रवेश गरेको छ । बिहीबार र शुक्रबार मध्य तथा पूर्वी क्षेत्रमा प्रणाली फैलिने भएकाले तीन दिनसम्म हिमपात र वर्षा हुन सक्नेछ ।

जल तथा मौसम विज्ञान विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको मौसमी प्रणाली शुक्रबारसम्म पूर्वी नेपालमा फैलने छ । शनिबारदेखि मौसमी प्रणाली कमजोर हुने महाशाखाले जनाएको छ ।

‘प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ,’ बुधबार साँझ विशेष सूचना सार्वजनिक गर्दै महाशाखाले भनेको छ, ‘यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ ।’

सो प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरि चिसो बढ्ने महाशाखाले जनाएको छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलगायत सबैमा महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो मुलुकभर बदली हुने महाशाखाले जनाएको छ । बिहीबार हिमपात र वर्षाको सम्भावना रहेकाले अत्यधिक चिसो हुन सक्ने छ । शुक्रबार पनि मुलुकका उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनेछ भने पहाडी र तराईका जिल्लामा हल्का वर्षासँगै शीतलहरको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर