• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उपराष्ट्रपति पुनद्वारा ज्यापू दिवस तथा उभौली पर्वको शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले किराँत जातिको महान् पर्व उधौली पर्व तथा नेवार जातिको ज्यापू समुदायले मनाउने ज्यापू दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत र ज्यापू दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वाथ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।  

उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएकाले हाम्रो देश जाति, भाषा, धर्म र संस्कृतिको अनुकरणीय साझा थलोको रुपमा रहेको बताएका छन् । 

उपराष्ट्रति पुन शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र हो । हाम्रो देश जाति, भाषा, धर्म र संस्कृतिको अनुकरणीय साझा थलोको रुपमा रहेको छ । नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वहरुले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउन मद्दत पुगेको छ । किराँत समुदायको महान् पर्व उधौली र ज्यापु समुदायको चाड ज्यापु दिवसले सामाजिक सद्भावलाई दरिलो र दिगो बनाउँदै राष्ट्रिय एकता सुदृढ् गर्ने विश्वास लिएको छु ।’ 

त्यस्तै, उपराष्ट्रपति पुनले उधौली र ज्यापु दिवसले किराँत र ज्यापुलगायतका समुदायमा उत्साह र उमंग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्याउन तथा सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदैे ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर