• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उधौली पर्वका अवसरमा उपसभामुखको शुभकामना

काठमाडौं । किराँत समुदायको महान् चाड उधौलीका अवसरमा   संघीय संसद्की उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले देशविदेशमा रहेका नेपाली किराँत दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । 

किराँत चाड उधौली पर्वका अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन् । 

उपसभामुख तुम्बाहाम्फेले उधौलीजस्ता चाडवाडले नेपाली धर्म, परम्परा र संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हर्षोल्लासपूर्ण मनाउन अपिल पनि गरेकी छिन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर