• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नहरमा डुबेको अवस्थामा शव फेला

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा एक युवकको शव भेटिएको छ । बेदकाट नगरपालिका–१० को सिसाया चौराहानजिकै नहरमा तैरिरहेको अवस्थामा एक १९ वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

युवकको पहिचान खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलतर्फ प्रहरी टोली गएको डिएसपी नरेन्द्र चन्दले  बताए ।

घटनास्थल नजिकै मोटरसाइकल भेटिएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सिसैया प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर