उधौली पर्वको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राईले आज जारी  गरेको शुभकामना सन्देशमा किरात समुदायको महान् पर्व उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् । 

यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको उनले बताए ।  

मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरूको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।’

सन्देशमा उनले यो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर