• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

असममा नागरिकता संशोधन बिलको तीव्र विरोध : ठाउँठाउँमा आगजनी, जनजीवन प्रभावित

१० जिल्लामा इन्टरनेट बन्द, कैयौं उडान प्रभावित

गुवाहाटी । भारतको पूर्वोत्तर राज्य असममा नागरिककता संशोधन बिलको विरोध जारी छ । बिहीबार बिहानदेखि मान्छेहरूले बिलको विरोध गर्दै प्रशासनले जारीको गरेको कफ्र्युको उल्लंघन गरेका छन् । सर्वसाधारणले कर्फ्यु तोडेपछि प्रशासनले ती स्थानमा सेना परिचालन गरेको छ । 

यही क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका छन्, ‘म असमका आफ्ना भाइबहिनीलाई के आश्वस्त गर्न चाहन्छु भने बिल पारित भएपछि उनीहरूले चिन्ता गर्नुपर्ने केही आवश्यक छैन ।’ इन्डियन युनियन मुस्लिम लिग (आइयुएमएल) ले सुप्रिम कोर्टमा नागरिकता संशोधन विधेयक बिल २०१९ को विरुद्ध याचिका पेस गरेको छ । कपिल सिब्बलले यसको पैरवी गर्ने भएका छन् । रज्यसभामा बुधबार नागरिकता संशोधन बिल पास गरिएको थियो । 

मोदीले ट्विटमा भनेको छन्, ‘म उनीहरुलाई के भन्न चाहन्छु भने, कसैले पनि तपाईंहरुको अधिकार, विशिष्ट पहिचान र संस्कृतिलाई छिन्न सक्दैन । यो सधैं फलि–फुलिरहेनछ र विकसित भइरहनेछ । केन्द्र सरकार संवैधानिक सुरक्षा, भाषा, संस्कृति र असमको क्षेत्रीय संस्कृतिलाई लिएर प्रतिबद्ध छ ।’ 

नागरिककता संशोधन बिलको विरोधमा असममका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । यसको प्रभावका कारण असमको डिब्रुगढ आउने तथा जाने उडान रद्द गरिएको छ । त्यस्तै, फुटबल स्पोर्टस् डेभलपमेन्ट लिमिटेडका अनुसार नर्थ इस्ट युनाइटेड र चेन्नइयन एफसीबीचको इन्डियन सुपर लिगको खेल स्थगित भएको छ । त्यस्तै, असम र त्रिपुरमा सञ्चालन भइरहेको रणजी म्याच रद्द गरिएको छ । 

प्रदर्शनका कारण कुनै हताहती नहोस् भन्ने अभिप्रायले प्रभावित क्षेत्रमा १२ रेल्वे सुरक्षा विशेष बल (आरपिएसएफ) तैनाथ गरिएको छ । कामाख्या एक्सप्रेस, गुवाहाटी एक्सप्रेस, नर्थ इस्ट एक्सप्रेसमा हजारौं यात्रा फसेका छन् । 

विद्यार्थी र वाम दलको समर्थन

 

कृषक मुक्ति संग्राम समितिले मान्छेहरुलाई शान्तिपूर्ण विरोधका लागि सडकमा आउन आग्रह गरेको छ । अल असम स्टुडेन्ट युनियनले गुवाहाटीमा विरोध प्रदर्शन आह्वान गरेको छ । नर्थ इस्ट स्टुडेन्ट अर्गनाइजेसन (नेसो) को अगुवाइमा तीन दिनदेखि जारी विरोधलाई ३० वटा विद्यार्थी संगठन तथा वाम संगठनको समर्थन छ । 

१० जिल्लामा इन्टरनेट तथा माेबाइल सेवा बन्द

 

 

असममा बुधबार हजारौं विद्यार्थीले विधानसभा आसपासमा प्रदर्शन गरेका थिए । डिब्रुगढमा विद्यार्थीमाथि लाठीचार्जसमेत भएको थियो । गुवाहाटीमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । त्यस्तै, दिसपुरमा प्रदर्शनका क्रममा बसमा आगो लगाइएको छ । असमका १० जिल्लामा २४ घन्टासम्मका मोबाइल तथा इन्टरनेटमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, त्रिपुरमा पनि इन्टरनेट बन्ध गरिएको छ । नाकाबन्दीका कारण असमका कैयौं सहरमा यातायातका साधन फसेका छन् । १० भन्दा बढी सवारीमा आगो लगाइएको छ । राज्यका अलगअलग क्षेत्रमा भाजपा तथा असम गन परिषद् (एजिपी) का नेताका घरमा आक्रमण गरिएको छ । 

असम पुलिसका अतिरिक्त महानिर्देशक (कानुन एवं व्यवस्था) मुकेश अग्रवालले अर्को आदेश नआएसम्मका लागि कर्फ्यु जारी रहने बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर