• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जाडाे माैसममा मुटुका विरामीले यि कुरामा ध्यान दिए बल्झदैन समस्या

काठमाडाै‌ँ। केही दिनयता देशभर चिसाे बढेकाे छ । मुटुका विरामीहरुको लागि यो मौसम त्यति अनुकुल मानिदैन । चिसो मौसममा मुटुसम्वन्धी समस्या झनै बढने गरेको पाइन्छ ।

नसर्ने रोगमध्ये मुटुरोग एक हो जुन हाल धेरै जटिल रूपमा देखा परिरहेको छ । मुटुरोगले कैयौँ व्यक्ति पीडित छन् । विश्वमै मुटुरोगका बिरामी बढिरहेका छन् । नेपालमा पनि मुटु रोगीको संख्या धेरै छ । विभिन्न अध्ययन, अनुसन्धानले जाडोमा मुटुरोगी बढ्ने गरेको देखाएका छन् ।

जाडो मौसममा शरीरबाहिरको तापक्रम कम हुन्छ । यस्तो हुँदा शरीरमा नसा खुम्चिने समस्या हुन्छ । मुटुमा रगत सञ्चालन हुने नसा पनि खुम्चिन्छ । शरीरमा कम तापक्रम भएर रगत पूर्ति कम भएपछि छाती दुख्ने समस्या पैदा हुन्छ ।

जाडो मौसममा ‘सडेन डेथ हर्टअट्याक’ हुने सम्भावना बढी हुन्छ । खासगरी, बिहानको समय ३–४ बजेतिर हर्टअट्याकको खतरा बढी हुने अनुसन्धानले देखाउँछ । यो शरीरमा हर्मोन रिलिज हुने समय हो ।

उमेर बढ्दै जाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । युवा अवस्थामा पनि खानपिन, अव्यवस्थित जीवनशैलीका कारण मोटोपन बढ्दै जान्छ । कोलेस्ट्रोल मुटुको नसामा जम्दै जान्छ । यो वेलासम्म पनि मुटुरोगको लक्षण खासै देखिँदैन । तर, हर्टअट्याक भएर मृत्यु हुने सम्भावना बढी हुन्छ ।

जाडो मौसममा दमका बिरामी पनि बढ्ने गर्छन् । शरीरको तापक्रम कम हुँदा मान्छेलाई श्वास फेर्न गाह्रो हुन्छ । मुटुरोग र दमका लक्षण उस्तै देखिने भएकाले पनि धेरै बिरामी अस्पताल आउने गर्छन् ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले यहि सन्दर्भमा केही टिप्सहरु दिएका छन् । हेरौँ उनका टिप्सहरु :

१. विहानको चिसोमा मर्निङ वाक नगरौँ

हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।

२. उच्चरक्तचापलाई निगरानी गरौँ

उच्चरक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ ।

३. कोलेष्ट्रेरोल नियन्त्रण गरौँ

उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ ।

४. सुगर नियन्त्रणमै राखौँ

मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै अनियन्त्रित रुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।

५ . चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौँ

कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।

६. मदिराको सेवनमा नियन्त्रण आवश्यक

कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ। अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।

७. औषधि बन्द नगर्नुस

कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर