• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

यसरी बनाउनुस् चिसो मौसममा गुन्द्रुकको तातो सुप  

काठमाडौं । । जाडोको समयमा गुन्द्रुकको झोल खाँदा जाडो त्यसै भाग्ने गर्छ । गुन्द्रुक पकाउन गाह्रो हुँदैन । अलिकति मन लगाएर भुलुक्क उमालेपछि गुन्द्रुकको तातो सुप खान तयार भइहाल्छ । 

हरेक नेपालीको भान्सामा गुन्द्रुक सजिलैसँग पाइन्छ । आजकल बजारमा समेत गुन्द्रुक सजिलै किन्न पाइन्छ ।  धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा अरु तरकारी नहुँदा विकल्प बन्न सक्ने हुदा मानिसहरू गुन्द्रुक खान निकै रुचाउछन् । हरेक घरमा पाक्ने गुन्द्रुकको झोल आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

गुन्द्रुकको झोल बनाउन चाहिने सामग्री :

 गुन्द्रुक, उसिनेर मसिनो गरि मुछिएको आलु, टमाटरको पेस्ट, प्याज, लसुन अधुवाको पेस्ट, स्वाद अनुसार नुन, खुर्सानी, बेसार, जीरा र धनियाको मसला, पड्काउनका लागि मेथी, तेल

बनाउने विधि:

एउटा भाडामा तेल तताएर मेथी पड्काएर गुन्द्रुक भुट्नुहोस् । यसरी सुरुमा गुन्द्रुक भुट्दा गुन्द्रुकको स्वाद धेरै आउने गर्छ । त्यसपछि प्याज हालेर खैरो नहुजेल भुटेपछि टमाटरको पेस्ट, लसुन अदूवाको पेस्ट, अलिकति बेसार, नुन खुर्सानी, तथा धनिया र जिराको मसला राखेर मज्जाले भुट्नु पर्छ ।

टमाटरमा मसला राम्ररी मिसिएपछि आलुलाई उक्त भाडामा राखेर एकछिन पाक्न दिएपछि आफूलाई चाहिने जति पानी राखेर सुप बनाउनुहोस् । ४ देखि ५ मिनेटसम्म मज्जाले उमालेर तातो, अमिलो तथा पिरो झोललाई भात संग वा सुप मात्रै  पनि पिउन सक्छौं । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर