• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सडक निर्माणमा सरकार अदूरदर्शी: प्रभु साह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले वर्तमान निर्माणाधीन सडक पूर्वाधारले समृद्धि ल्याउन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

समृद्धिका लागि मूल आधार सडक भएको जीकिर गर्दै अध्यक्ष साहले अहिले मुलुकमा निर्माणाधीन सडकहरू समयसापेक्ष नभएकाले त्यस्ता सडकबाट धेरै अपेक्षा गर्न नसकिने बताए । 

सडकसीमाको विषय बारम्बार उठाइराख्ने अध्यक्ष साहले तोकिएको मापदण्डअनुसार सडक निर्माण नभइरहेको उनले जीकिर गरे । उनले भने, ‘२०३१ सालमा तत्कालीन शाही सरकारले सडक ऐनमा मुख्य राजमार्गका लागि ५० मिटर तथा सहायक राजमार्गका लागि ३० मिटर सडकसीमाको व्यवस्था गरेको थियो । राजपत्रमै सडकसीमा तोकेर सोहीअनुसार दर्जनौं सडक निर्माण गरिएको थियो । आज त्यही सडकले देशको इज्जत धानेको छ । कानुनी व्यवस्था आज पनि त्यही भए पनि कार्यान्वयन भने गर्न नसक्दा सडकहरू १२ मिटरमा सीमित भएको छ । राजतन्त्रभन्दा पनि प्रजातान्त्रिक व्यवस्थामा यस्तो अदुरदर्शिता ठूलो दुर्भाग्य हो । यसबाट समृद्धि असम्भव छ।’

निर्माणाधीन सडकहरू मापदण्डविपरीत भएको भन्दै अध्यक्ष साहले भने, ‘हाल निर्माण भएका तथा भइरहेका  बिपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, हुलाकी सडकजस्ता मुख्य सडकहरुको कतै ९ मिटर त कतै १२ मिटर सडकसीमा रहेको छ । पञ्चायतकालको तुलनामा अहिले जनसंख्या, गाडीको संख्यामा गुणात्मक वृद्धि भएको भए पनि सडकसीमा यथावत् रहँदा र त्यो पनि कार्यान्वयन न हुँदा राज्य कति गैरजिम्मेवार तरिकाले अगाडि बढेको छ भन्ने कुरा स्पष्ट हुन्छ । यसरी हामी समृद्धिको जुन सपना देखिरहेका छौँ त्यो पूरा गर्न सक्दैनौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर