सलमान र अक्षयबीच भिड्न्त

मुम्बई ।  अभिनेता सलमान खानका अधिकांश फिल्म इदमा रिलिज हुने गरेको छ ।  । इदमा एकछत्र राज गरिरहेका सलमानको यस पटकको इदमा अभिनेता अक्षय कुमारको फिल्मसँग भिड्न्त हुने भएको छ ।

 २०२० को इदमा सलमानको ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम्ब’ प्रदर्शनमा आउने भएका छन् । सलमानले दुई प्रतीक्षित फिल्म एउटै मितिमा प्रदर्शनमा आउने भए पनि नोक्सान भने कसैलाई नहुने बताएका छन् । 

उनले आफ्नो फिल्म पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हुन सक्छन् । आफूले कहिले पनि इद मेरो मात्र हो नभनेको भनेका छन् । यती बेला दुवै अभिनेताका आ(आफ्ना चलचित्र प्रदर्शनको तयारीमा छन् । सलमान ‘दबंग ३’ लाई लिएर चर्चामा छन् भने अक्षयको ‘गुड न्युज’ नयाँ वर्षमा आउँदै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर