• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

देउवा–पौडेल कफी वार्ता : महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने पौडलको अडान कायमै

काठमाडौं । आपसी मनमुटाव अन्त्य गर्न कांग्रैस सभापति शेरवहादुर देउवासंग भएको छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान राखेका छन् ।

आफ्नै निवास बोहराटारमा शनिबार भएको छलफलका क्रममा पौडेलले कार्यतालिका पहिलो एजेण्डा भएको भन्दै कार्यतालिका बनाएपछि थप छलफल गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

पौडेलले पार्टीका संगठनात्मक संरचना बनाएर न्यायपूर्ण ढंगले अगाडि बढ्न समेत सभापति देउवालाई सुझाव दिए । नेता पौडेलले सभापति देउवासंग पार्टीलाई एक बनाएर अहिलेका चुनौति सामना गर्दैै अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।

पौडेल समुहले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएको छ ।

देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले  भने कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताए ।

पौडेले समुहले कार्यतालिक बनाउनु पर्ने माग गर्दै  केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर