• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पतिको आत्महत्यापछि विक्षिप्त श्रीमतीले छोरीको हत्या गरेर आफूले पनि गरिन् आत्महत्या

नोएडा । भारतको राजधानी दिल्लीसँग जोडिएको नोएडामा शुक्रबार आठ घन्टाभित्र एक परिवारका तीन जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजे एक युवकले रेलको लिकमा हामफालेर आत्महत्या गरे । यसबाट विक्षिप्त भएकी पत्नीले बेलुका साढे सात बजे पाँचवर्षीया छोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छिन् । छोरीको हत्या गरेपछि उनले झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले सुरुवाती जाँचमा आर्थिक अभाव मुख्य कारण रहेको बताएको छ ।

सेम्टेम्बरमा काठमाडौंबाट बसाइँ सरेको थियो परिवार

प्रहरीका अनुसार चेन्नईमा बसोवास गर्ने भरत जे. सुब्रहमण्यम (३३) सेप्टेम्बरमा काठमाडौँबाट नोएडा बसाइँ सरेको हो । उनी नोएडा सेक्टर–१२८ मा जेपी पवेलियन कोर्टमा परिवारका साथ बस्थे । उनको परिवारमा पत्नी शिवरञ्जनी (३१), छोरी जयश्रीता (५) र भाइ कार्तिक थिए । कार्तिक त्यहाँ कोचिङ पढाउने गर्थे । छोरी भने केजीमा पढ्थिन् । भरत एउटा चिया कम्पनीमा म्यानेजरका रुपमा कार्यरत थिए । 

अस्पतालबाट फर्किएपछि पत्नीले गरिन् आत्महत्या 

शुक्रबार बिहान ११ः३० बजे भरतले दिल्लीको जवाहरलाल नेहरु मेट्रो स्टेसनमा ट्रेनको छेउमा हामफालेर आत्महत्या गरे । प्रहरीले मृतकको सनाखत गर्दै पत्नीलाई यसको जानकारी गराएको थियो । पत्नी शिवरञ्जनी देवर कार्तिकसँग राममनोहर लोहिया अस्पताल पुगेकी थिइन् । त्यहाँबाट फर्किएपछि शिवरञ्जनीले छोरीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरिन् । फ्लाटमा आमाछोरीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । 

थाना प्रमुख भुवनेश कुमारका अनुसार भरतले १० वर्षअघि शिवरञ्जनीसँग प्रेमविवाह गरेका थिए । उनी गोल्डेन टिप्स चिया कम्पनीमा साधारण म्यानेजरको जिम्मेवारीमा कार्यरत थिए । भरत यसअघि नेपालमा काम गर्थे । आत्महत्याको कारण भने आइनसकेको प्रहरीले जनाएको छ ।    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर