• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

धनुषा बम विस्फोटमा संलग्न भएको आशंकामा तीनजना प्रहरीकाे नियन्त्रणमा

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले घटना घटाएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुई महिला र एक पुरुष रहेका छन् । पक्राउ पर्नेहरुमा हंसपुर नगरपालिकाकी ललिता देवी र सीता देवी रहेका छन भने मिथिला विहारी नगरपालिका वडा नम्बर १ का राम सुदित धानुक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुक्रबार राति करिब पौने १२ बजेको समयमा भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीनजनाको मृत्यु भएको थियो ।  त्यस्तै, मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह, उनका १६ वर्षीय छोरा आनन्द साहको समेत मृत्यु भएको थियो ।

साहका अर्को छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरीका जवान रिजन महतो घाइते रहेको थिए ।

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर