• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आइसिसीको विश्व वरीयतामा नेपाल १८औं स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)को विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो । वरियता अनुसार नेपाल एक दिवसीय वरियतामा १८औं स्थानमा छ ।

यसअघि नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको थियो । १९ रेटिङ पाएको नेपाल अहिलेसम्मकै खराब वरियतामा झरेको हो । एक दिवसीयतर्फ सर्वाधिक उच्च वरियता १४ औ स्थान हो । एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ ।

यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ । यस्तै, टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत छ । टी–ट्वान्टीतर्फ नेपाल १४औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर