• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बार्सिलोना बराबरीमा रोकियो, रियललाई फाइदा

काठमाडौं । स्पेनिस लिगको भर्खरै सम्पन्न खेलमा रियल सोसिडाडले लिग लिडर बार्सिलोनालाई घरेलु मैदानमा बराबरीमा रोकेको छ । खेलमा १२औं मिनेटमा पेनाल्टीबाट सुरुवाती गोल गरेको सोसिडाडविरुद्ध बार्सिलोनाका स्टाइकर एन्टोनी ग्रिजम्यानले ३८ मिनेटमा बराबरी गोल फर्काए ।

दोश्रो हाफमा लुइस स्वारेजले गोल गरेर लिएको अग्रता सोसिडाडले धेरै टिक्न दिएन । ६२औं मिनेटमा सोसिडाडका इसकले गोल गर्दै बराबरी गरेका हुन् ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाकाम लागि परिणाम सन्तोषजनक भए पनि यो बराबरीले निकटतम क्लब रियल मड्रिडलाई फाइदा पुगेको छ । एल क्लासिकोको पूर्वसन्ध्यामा भएको खेलमा भएको बराबरीले रियललाई अंक बढाएर तालिकाको शीर्ष स्थानमा पुग्न सहयोग पुग्ने५ भने मनोबल समेत उच्च बनाएको छ ।

लिगमा बार्सिलाेना र रियल मड्रिडबीचकाे एल क्लासिकाे बुधबार राति हुँदै छ । यसअघि हुने भनिएकाे  याे खेल क्याटलाेनियकाे राजनीतिक अस्थिरताका कारण राेकिएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर