• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इंग्लिस प्रिमियर लिगः बर्नमाउथसँग चेल्सी स्तब्ध

एजेन्सी । इंग्लिस  प्रिमियर लिगको शनिबार राति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सी बर्नमाउथसँग १–० ले पराजित भएको हो । 

चेल्सीलाई पराजित गर्ने क्रममा बर्नमाउथका लागि एक मात्र गोल डान गोस्लिङले गरेका हुन् । उनले खेलका ८४औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । 

त्यस्तै, शनिबार नै भएको अर्को खेलमा सेफ युनाइटेडले एस्टन भिल्लालाई २–० ले पराजित गरेको छ । सेफ युनाइटेडका लागि जोन फ्लेकले दुवै गोल गरेका हुन् । उनले खेलको ५०औं तथा ७३औ मिनेटमा गोल गरेका हुन् । 

त्यसैगरी, शनिबार नै भएको अर्को खेलमा लेस्टर सिटी र नर्विच सिटीले बराबरी खेलेका छन् । उनीहरुले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

त्यस्तै, शनिबार नै भएको अर्को खेलमा बर्नलीले न्युक्यासललाई हराएको छ । बर्नलीका लागि एक मात्र गोल क्रिस वुडले ५८औं मिनेटमा ग रेका हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर