• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रक्सी बनाउनेलाई १० र खानेलाई ५ हजार जरिमाना

जाजरकाेट । जाजरकोटको भेरी नगरपालिकामा घरेलु मदिरा उत्पादन गर्नेलार्य १० हजार रुपैयाँ जरिमाना तोकिएको छ। स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई जरिमाना तोकेको हो।

यस्तै मदिरा सेवन गर्नेलाई भने पाँच हजार रुपैयाँ जरिमाना तोकिएको छ । भेरी नगरपालिका–३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन्।

सिद्धिगणेश टोल विकास समिति गठन गरेर उनीहरूले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन्। जाँड–रक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए।

स्थानीय प्रशासनबाट अनुमति लिएर अभियान थालेका उनीहरूले सामुदायिक प्रहरीको सहकार्यमा जाँड–रक्सी नियन्त्रण गर्न लागेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर