• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बेलायत सरकारले मृत्युकाे सजाय सुनाएकाे माैरी भागेपछि

एजेन्सी । टर्कीमा छुट्टी मनाएर फर्किएको एक परिवारको साथमा त्यहीँको प्रजातिको मौरी पनि तीन हजार किलोमिटर पार गर्दै बेलायत आइपुगेको हो । तर लगेजमा बसेर आएको ‘ओस्मीया एभोसेट्टा’ प्रजातिको सो मौरी बेलायतका मौरीहरुका लागि खतरनाक साबित हुने आशंकापछि सरकारी वैज्ञानिकहरुले त्यसलाई कैद गरि नष्ट गर्ने निर्णय गरेका हुन् । 

यसरी आधिकारिक पहिचान गरेपछि मार्ने योजना भए पनि अहिले सो मौरी भागिसकेको बताइएको छ । सो मौरीले मान्छेलाई हानि पुर्याउने कुनै भाइरस नबोकेको तर स्थानीय मौरीहरुलाई भने ठूलो नोक्सान पुर्याउन सक्ने बि–किपर्स असोसिएसनका माइकल हन्टले बताएका छन् । तर ‘एनिमल एण्ड प्लान्ट हेल्थ एजेन्सी’ , एपीएचएका वैज्ञानिकहरुले त्यसलाई पक्रिएर अध्ययन गर्न नपाउँदै मौरी हराएपछि यसबारे चिन्ता व्यक्त गरिएको हो । तापनि त्यसले लगेजमार्फत बेलायत आउँदैगर्दा फुलको थुङ्गाबाट ककुन बनाएको हुँदा एपीएचएका अधिकारीहरु बुधबार सो परिवारको घर जाँच गर्न पुगेका हुन् ।

यस्तोमा एपीएचएका प्रवक्ताले अहिले जहाँकहीँबाट पनि बेलायत फर्किरहँदा देशमा पाइने भन्दा भिन्दै प्रजातिका किरालाई भित्रिनबाट रोक्न विशेष सावधानी अपनाउन निर्देशन दिँदै आफ्ना लगेजमा किरा भेटिए तुरुन्तै त्यसको तस्बिर खिच्न र आफू घुमेर आएको ठाउँका बारेमा पनि विस्तृत जानकारी दिन आग्रह गरेका हुन् । 

उता इरान वा टर्कीबाट हुन सक्ने आशंका गरिएको उक्त मौरीलाई सरकारले मार्ने आदेश दिएकाप्रति टर्कीले भने असन्तुष्टि जनाएको छ र सो जीवलाई बाँच्न दिइनुपर्ने माग गरेको हो । एउटा चर्चित दैनिकमै ‘टर्कीको मोरीलाई नमार’ भन्ने शिर्षक सहित पहिलो पानामा ठूलो लेख प्रकाशन गरिएको छ जसले यो घटनालाई थप चर्चामा ल्याएको हो । वास्तवमा सन् २००४ देखि नै बेलायतमा यस्ता घटनाले गम्भीर समस्या निम्त्याइरहेका छन् । त्यतिबेला भने एसियाबाट आएका आक्रमक मौरीहरुले थुप्रै स्थानीय प्रजातिलाई नष्ट गरिदिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर