महेन्द्रनगर विस्फोटका पीडित परिवारसँग मुख्यमन्त्री राउतको भेट 

मृतकलाई क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने 

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम विस्फोट घटनाको पीडित परिवारलाई भेट गरेका छन् । 

आइतबार बिहानै टोलीसहित घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र मृतक परिवारलाई राहतसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने मुख्यमन्त्री राउतले बताए । 

टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, समाजवादी पार्टी प्रदेश २ का प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य सिंघासन सा कलबारलगायत थिए । ।

बम विस्फोटको घटनामा परी प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर