• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गोरखामा मार्क्सवादी युवा मञ्च नेपाल गठन

गोरखा । गोरखामा मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ ।   गोरखामा सम्पन्न दुईदिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति गठन गरिएको छ ।  

भेलाले मञ्चको सचिवमा बिकास भट्टराईलाई चयन गरेको छ भने सदस्यहरुमा धिरज उपरकोटी, अर्जुन पन्त, सुमन अधिकारी, अशोक मरहट्टा, अनित पन्त, बसन्त देवकोटलाई  चयन गरेको छ । त्यस्तै देवराज गुरुङ, नारायण अधिकारी, हरि भट्ट, सुवास ढकाल, रबिन गैरे, अञ्जन कुमार श्रेष्ठ, सुशिल दुवाडी र अभिषेक अर्याललाई पनि सदस्य बनाइएको छ ।

 भेलाले नेकपाका युवा नेता समेत रहेका लेखनाथ न्यौपाने र डा.बाबुराम अधिकारीलाई सल्लाहकार समेत बनाएको छ।  त्यस्तै भेलाले गोरखाको ऐतिहासिक लिगलिगकोटलगायत अन्य क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागि सक्दो भूमिका खेल्ने निणर्य पनि गरेको छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर