• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मैदान अभावले ‘ए’ डिभिजन लिग का आजका खेल स्थगित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार हुने भनिएका खेलहरु स्थगित भएका छन् ।

मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन असम्भव भएको छ । त्यस्तै  लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।

त्यसैले आज हुने भनिएका लिगका खेलहरु भोलिको लागि सारिएको हो । भोली दिउसो साँढे १२ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ भने साँढे दुई बजे दशरथ रंगशालामा संकटा क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर