निर्देशक समाजकाे चुनाव : राईपक्षलाई राणापक्षले पछारे

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिबार भएको अधिवेशनबाट निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले पराजित गर्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् ।

उनले ४५ मत प्राप्त गर्दा सुचित्राले ४४ मत प्राप्त गरिन्। त्यस्तै अध्यक्ष पदका अन्य उम्मेद्वार लक्ष्मण रिजाल र शेखर खनालले क्रमशः १९ र ३ मत प्राप्त गरे।

राणालाई निर्देशक तथा कलाकार राेज राणा लगायतकाे टिमकाे समर्थन थियाे भने श्रेष्ठलाई राजकुमार राईकाे समर्थन थियाे। यी दुई समूह चलचित्र क्षेत्रका पुरानाै प्रतिस्पर्धी हुन् ।

यसअघि कलाकार संघकाे चुनावमा पनि राणा पक्षले राई पक्षलाई पछारेकाे थियाे।

यस्तै उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती विजयी भए । महासचिव पदमा जनकदीप पराजुली विजयी भए भने सचिवमा अरुण कुमार प्रधान विजयी बन्न सफल भए ।

कोषाध्यक्षमा समुन्द्र भट्ट र सह–कोषाध्यक्षमा हरी सिलवाल निर्विरोध निर्वा्चित भए। सदस्यहरुमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने निर्विरोध निर्वा्चित भए । निर्वाचनमा जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर