मानवअधिकार तथा शान्ति समाजद्वारा सीमा अतिक्रमणको निन्दा

बुटवल । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले मुलुकमा भ्रष्टाचार बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन । उनले स्थानिय, प्रदेश तथा केन्द्र तीन वटै तहमा भ्रष्टाचार बढेको बताए । खर्चिलो निर्वाचन नै भ्रष्टाचारको जड भएको भन्दै उनले भ्रष्टाचारमा संलग्नहरुलाई कारवाही नगर्दा झन मौलाउदै गएको धारणा राखे । 

मानवअधिकार तथा शान्ति समाजको बाइसौं राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्न आइतवार बुटवलमा गरिएको कार्यक्रममा वोल्दै संस्थापक सभापति पहाडीले राजनीतिलाई सेवामुखी वनाउनु पर्नेमा जोड पनि दिए । उनले भारतले गलत नक्सा सच्चाउनुपर्नेमा जोड पनि दिए । त्यस्तै नेपाल भ्रमण वर्ष सफल पार्नुपर्नेमा पनि जोड दिए । 

मुलुकमा शान्ति आवश्यक रहेको भन्दै विप्लव समुह शान्ति प्रकृयामा आउनुपर्ने र सरकारले पनि ल्याउन पहल गर्नुपर्ने धारणा उनले राखे । कार्यक्रममा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनालले भष्टाचार अनियमितता बढेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । 

शान्ति समाजको दाङमा सम्पन्न परिषद बैठकले सीमा अतिक्रमणको निन्दा गरेको छ । त्यस्तै भारतीय सेना अतिक्रमित भुमिबाट तत्काल फिर्ता गर्न आग्रह पनि गरेको छ । 

जलवायु परिवर्तन, विश्वब्यापी उष्णताबारे सचेतना र हिमालय बचाऔं आन्दोलनका बारेमा पनि परिषदले प्रस्ताव पारित गरेको छ । जलवायुका बारेमा सरकारले अन्तराष्र्टिय मञ्चहरुमा जोडदार आवाज उठाउन नसकेको दुःखद अनुभव बैठकले गरेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर