सुचक घट्यो, ८७ कम्पनीका लगानीकर्ताले गुमाउँदा ८५ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से सुचक ४ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ८६ को बिन्दुमा बजार बन्द भएको छ । अघिल्लो साताको सबै कारोबार दिनमा बढेको नेप्से सुचक यो साताको पहिलो दिनमा नै नकरात्मक रहेको हो । 


सुचकसँगै अघिल्लो कारोबार रकमका तुलनामा केही कमी आएको छ । गतसाताको अन्तिम कारोबार दिन बिहीबार ७६ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा यसदिन १७२ कम्पनीको ६८ करोड ६० लाख ७६ हजार १११ रुपैयाँको सेयर कारोबार भएको छ । जसमध्ये एनएमबि बैंकको सर्वाधिक रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको ६ करोड ३७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो । 


आज कारोबारमा आएका बाह्र समूहमध्ये तीन समूहमा वृद्धि देखिएपनि बाँकी समूहमा गिरावट आएको छ । यसदिन बैंकिङ, ट्रेडिङ र अन्य समूह बढेका छन् । 

आइतबार सर्वाधिक कमाउनेमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता रहेका छन् भने सर्वाधिक गुमाउनेमा स्पर्श लघुवित्तका सेयरधनी रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर