• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कांग्रेस : नेता पौडेल पाथीभराबाट फर्किएपछि छलफल, कार्यसमिति बैठक बहिस्कार !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार केहीबेर बसेर स्थगित भएको छ । सोमबार १ बजे बस्नेगरी बैठक स्थगित भएको हो । 

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले छलफलको एजेन्डा १४ औं महाधिवेशनको कार्यतालिकाबारे हुनुपर्ने अडान राखेर बैठक बहिष्कार गरेका थिए । 

बरिष्ठ नेता पौडेल पाथीभरा दर्शनका लागि गएका छन् । पौडेल आजै काठमाडौं फर्कने र उनीपक्षका नेतासँग छलफल गरी सहमतिबाटै सोमबार बैठक चलाउने भन्दै स्थगित गरिएको हो । 

उक्त एजेन्डामा छलफल गर्न आइतबार केन्द्रीय कार्यसमिति बैठक डाकेपनि दुई घण्टा ढिला सुरू बैठक केहीबेरमै टुंगिएको हो ।

बिहिबारको बैठकमा महाधिबेशनको कार्यतालिका नल्याएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले बैठक बहिष्कार गरेको थियो । तर पनि बैठकमा सभापति देउवाले बिभागको संख्या बढाएर २८ बाट ४१ वटा बनाउनेलगायतका एजेण्डा प्रस्तुत गरिसकेका छन् ।

यसैबीच उपसभापति विमलेन्द्र निधिले  आइतबार बिहान  महामन्त्री डा। शशांक कोइरालासंग पनि छलफल गरेका छन् ।  महामन्त्री निवास महाराजगञ्जमा भएको छलफलमा नेवि संघ, तरुण दल, पार्टीका विभिन्न विभाग र महाधिबेशनको कार्यतालिका लगायतका बिषयमा सहमति गरेर अघि बढ्ने विषयमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ ।

याे पनि ः 

कांग्रेस विवाद उत्कर्षमा : बैठक छाडेर वरिष्ठ नेता पौडेल पूर्वमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर