• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिन्धुपाल्चोक दुर्घटना : अध्यक्ष दाहालद्वारा क्षतिपूर्ति माग गर्दै दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस लामोसाघु जिरी सडकमा दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको खबरले आफू मर्माहत भएको अध्यक्ष दाहालले बताएका छन् ।

साथै, उक्त दुर्घटनामा निधन भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट उनले गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,‘घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।’

‘उक्त दुर्घटनमा निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गर्दछु ।’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर