• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राजपाले तदर्थ समितिको म्याद थप्यो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ ।

राजपाको अध्यक्ष मण्डलको आज पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी पुस १५ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । राजपाले यसअघि यही मङ्सिर १५ गते सममको म्याद दिएकामा सबै जिल्लामा अझै कार्य सम्पन्न नभएकाले उक्त कार्यको लागि समयावधि थपेको हो । 

साथै यही मङ्सिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकको बैठक हाललाई स्थागित गर्ने निर्णयसमेत गरिएको राजपाले विज्ञप्तिमार्फत जनाएको छ । राजपाले तदर्थ समितिलाई जिल्ला अधिवेशनकै रुपमा लिएको छ । पार्टीको एकता महाधिवेशनको मिति भने अझै निश्चित भएको छैन । राजपाले छिट्टै महाधिवेशनको मिति घोषणा गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर