• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

मार्च २ देखि नरिता–काठमाडौं उडान,यस्तो छ तालिका


टोकियो । रोगारीको सिलसिलामा राम्रो कमाई हुने भएकाले जापानमा लाखौं नेपालीहरु बसोबास गर्दछन् । जापान सरकारले नेपालमा ठूलो आर्थिक सहयोग पनि गरिरहेको छ । नेपालमा जापानका नागरिकहरु पर्यटकका रुपमा समेत प्रसस्त आउने गरेका छन् ।

तर, नेपाल र जापानबीचको सिधा उडान नहुंदा ओहोर–दोहोर असहज हुने गरेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले केही समय अघि जापानको ओसाकामा उडान भर्दै आएको थियो । 

राजधानि टोकियो आसपासबाट नेपाल जापान आवत जावत हुने तर उडान भने टोकियो भन्दा टाढा ओसाकामा भएकाले मार्च २ तारिकबाट टोकियो नजिकको नरिता विमानस्थलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सिधा उडान सुरु हुन लागेको हो ।

नेपाल सरकारले भ्रमण वर्षको प्रचार प्रसारमा तिब्रता दिईरहेका बेला जापानी संचारमाध्यमले समेत यो खबरलाई प्राथामिकताका साथ प्रकाशन, प्रशारण गरेका छन् । 
जापानी उडान सम्बन्धी जानकारी दिने अनलाईन स्काइ बजेटले पनि यो खबर प्रकाशन गरेको छ । 

काठमाडौं–नरिता साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । अल्पकालिन सेवाका लागि सुरु गरिएको काठमाडौं ओसाका उडान भने नरिता सुरु भएसंगै बन्द हुने छ ।
यस्तो छ उडान तालिका:

[Operating schedule]
RA434 Narita 13: 00 → 18: 25 Kathmandu Tsukisui Fri
RA433 Kathmandu 01: 25 → 11: 00 Narita Tsukisui Fri
Equipment: A330-200 274 ​​seats (business 18 seats, economy 256 seats)


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर