• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

के दिल्लीका जनताले मोदीको विभेदपूर्ण राजनीतिलाई अस्विकार गरेकै हुन् ? 

नयाँ दिल्ली । ५० वर्षीय राजेश कुमार भारतको राजधानीमा सम्पति विक्रेताको काम गर्छन् । ९ महिनाअघि भएको राष्ट्रिय निर्वाचनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मतदान गरेको बताउँछन् । तर, दिल्ली विधानसभाका लागि उनले अर्भिन्द केजरीवाललाई छाने । 

आम आदमी पार्टी(आप)का नेता केजरीवालले मंगलबार भारी मतान्तरका साथ विधानसभामा पुन निर्वाचित बने । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टी ८ स्थानमा समेटियो । 

सन् २०१२ मा अचानक गठन भएको भारतको एक शक्तिशाली पार्टी आपको यस जीतसँगै ५१ वर्षीय पार्टी प्रमुख केजरीवाललाई तेश्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बन्न बाटो प्रसस्त गरेको छ । 

‘दिल्लीवासी, तपाईहरुलाई प्रेम गर्छु,’ पार्टी मुख्यालयमा आफ्ना समर्थकका बीच केजरीवालले सम्बोधनमा भने । 

दिल्लीमा केजरीवाल, केन्द्रमा मोदीः

नयाँ दिल्लीका थुप्रै मतदाताले आफूहरु केन्द्रमा हिन्दू राष्ट्रवादी मोदीलाई प्रधानमन्त्रीको रुपमा मन पराए पनि प्रदेश सरकारमा गरिब समर्थक राजनेताको व्यवस्था चाहेको बताए । 

‘राष्ट्रिय निर्वाचनमा हामीले मोदी र उहाँको भाजपालाई चुन्यौँ, स्थानीय तहमा हाम्रा लागि काम गर्ने केजरीवाललाई चाहान्छौँ । उहाँले धेरै राम्रो काम गर्नुभएको छ, त्यसैले हामीले उहाँलाई भोट दियौँ,’ राजेश कुमारले भने । 

‘हामी केजरीवाको पर्याप्त विद्युत, पानी र महिलाका लागि निशुल्क बस सेवा जस्ता जनता समर्थक नीतिहरुबाट लाभान्वित छौँ,’ उनले भने । 

आपले आफ्नो चुनावी अभियानमा विकासका मुद्दाहरुलाई उठाएको थियो, जसका कारण दिल्लीवासीहरु सकारात्मक देखिएको बताइन्छ । 

भारतमा सबैभन्दा बढी धार्मिक ध्रुवीकरण चुनावी अभियान चलाउने आरोप लागेको भारतीय जनाता पार्टी पनि करिब ४० प्रतिशत भोट पाउन सफल भयो, तर त्यसलाई सिटमा परिणत गर्न सकेन । 

त्यसैगरी, अर्का मतदाता विजेन्दरी, ४५ वर्षीय मजदुरले सन् २०१९ को चुनावमा मोदीको भाजपालाई नै मतदान गरेको थिए, तर शनिवार उनले आपलाई मतदान गरे । ‘किनकि यसले गरिब जनताका लागि काम गर्छ,’ उनी भन्छन् । 

‘हामीलाई चिन्तित तुल्याउने समस्यामा आप अगाडी आउँछ, त्यो स्वास्थ्य सेवा होस् वा दिल्लीमा सरकारी स्कूलहरुको स्थितिमा सुधार ल्याउन होस्।’ विजेन्दरी भन्छन् । 

धेरैजसोले केजरीवाल र उनका पार्टीका नेताहरु आफ्ना लागि सजिलै उपलब्ध हुने र उनीहरुको समस्याहरुको हल गर्ने बताए । 

‘रातको समयमा पनि यदि हामीले उहाँ(केजरीवाल) वा उनका नेताहरुसँग सम्पर्क गर्र्यौँ भने उहाँहरु हाम्रो समस्या सुन्नुहुन्छ, तर त्यो भाजपा वा कांग्रेसका नेताहरुमा लागू हुँदैन,’ उनी भन्छन् । 

तर केही भाजपाका समर्थकहरुको विश्वास छ – ‘निशुल्क’ भन्दै नयाँ दिल्लीमा आपले मतदाता लोभ्याएको छ । ‘जनताहरु लालचि भए र पार्टीले निशुल्क भनेपछि आपलाई मतदान गरे,’ ५५ वर्षीय अटो–रिक्सा चालक कुन्वर पाल भन्छन् । 

‘केजरीवाल सबैकुरा निशुल्क बनाउँन चाहान्छन् । उहाँ जनतालाई निशुल्क विद्युत, पानी र बस सेवा दिन चाहानुहुन्छ । यसरी त कसरी चल्छ यदि हामीले सबै कुरालाई निशुल्क बनायौँ भने ?, उनी प्रश्न गर्छन् । 

पछिल्लो केही वर्षमा आपले जुन विकासका काम गरेको छ र यस पार्टीको लोकप्रिय पहलले पनि जनताको मत जितेको राजनीतिक विश्लेषकहरु बताउँछन् । 

‘आप सरकारले सब्सिडी विद्युत र पानी मुहैया गराउने, सरकारी विद्यालयहरु तथा स्वास्थ्य संस्थाहरुको स्थिति सुधारर्ने जस्ता केही आधारभूत खण्डमा काम गर्यो,’ पोलिसी रिचर्स सेन्टरका एक सदस्य राहुल वर्मा बताउँछन् । 

‘सरकारको प्रदर्शनलाई लिएर सकारात्मक धारणा छन् र यही कारण सन् २०१९ को राष्ट्रिय चुनावमा प्रधानमन्त्री मोदीलाई केही जनताले मतदान गरे पनि राज्य सरकारमा उनीहरु आपलाई प्राथमिकता दिन्छन् ।’

भाजपाको विभाजनकारी र विभेदपूर्ण चुनावी अभियान :

दक्षिणी दिल्लीका वासिन्दा ४८ वर्षीया कमलेश कुमारी भाजपाको हिन्दू–मुस्लिम राजनीतिका कारण जनताले अस्विकार गरेको बताउँछिन् ।  आफ्नो मूल हिन्दू आधारमा भाजपाले जनतामा ध्रुवीकरणको मुद्दाहरुलाई उठाएको उनी बताउँछिन् । 

‘भाजपाले शाहीन बागबाट बाहिर निक्लन र हिन्दू–मुस्लिम राजनीति खेल्ने पूर्ण प्रयास गर्यो, तर चुनाव जीत्न सकेन । उनीहरुले वास्तविक मुद्दाहरुमा ध्यान केन्द्रि गर्न सकेको भए केही बढी सिट जित्न सक्थे,’ कमलेशले भनिन् । 

शाहिन बाग नयाँ दिल्लीको एक श्रमिक मुस्लिम वर्गको क्षेत्र हो जहाँका महिलाहरु दुई महिनादेखि भारतको नयाँ नागरिकता कानुनविरुद्ध धर्ना बसिरहेका छन् । 

यो विरोध स्थल राष्ट्रव्यापी विरोध प्रदर्शनको केन्द्रको रुपमा उठेको छ ।  ११ डिसेम्बरमा विवादास्पद नागरिकता संशोधन विधेयक(सिएए) पारित भएपछि यस क्षेत्रमा प्रदर्शनका क्रममा करिब ३० जनाको मृत्यु भइरहेको छ । 

दक्षिणी दिल्लीस्थित एक मेट्रो स्टेशन नजिकै ३० वर्षी मोहम्मद आलम मोबाइल बेच्ने काम गर्छन् । उनका अनुसार मंलबारको चुनावी परिणाम ती व्यक्तिहरुका लागि एक जवाफ थियो जो घृणा र विभाजनकारी राजनीतिमाथि चुनाव जीत्न चाहान्थे ।

‘यो नयाँ भारतको सुरुवात हो । जनताहरु सतर्क भइरहेका छन् र उनीहरु हिन्दू–मुस्लिम मुद्दामा आफ्नो मत खसाल्न चाहदैनन्, तर विकास तथा रोजगार चाहान्छन्,’ उनी भन्छन्, ‘जो व्यक्ति जनताको लागि काम गर्छ, उसैलाई मतदान दिइनेछ ।’

यस चुनावी परिणामलाई भाजपाको वैचारिक फल्याकको अस्विकारोक्तिको रुपमा बुझ्दैनन् विश्लेषक वर्मा बताउँछन् । ‘आपका मतदातामा पनि भाजपाको विचारधारको समर्थन हुनेछ । त्यसैले राज्यमा आपद्वारा गरिएका कार्यहरुको एक सकारात्मक अभिमूल्यन हो न कि भाजपा वा मोदीको राजनीतिलाई अस्विकारोक्ति,’ उनी भन्छन् । अलजजिराबाट 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर