• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इन्द्र लिम्बुको रोजगारी : खोज्दै विदेश पुगे, नेपाल आएर अरुलाई दिए

झापा । पाँचथर कुम्याक गाउँपालिका ३ रानीगाउँ स्थायी ठेगाना भएका इन्द्र लिम्बु हाल झापाको दमकमा बसोवास गर्दै आएका छन् । कहिले इराकको तातो घाममा त कहिले अफगानस्तानको मरुभूमिमा छटपटाएर फर्किएका लिम्बु अहिले स्वदेशमा नै भविष्य बनाइरहेका छन् । 

इच्छाशक्ति भयो भने नेपालमा नै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, लिम्बु । विदेशबाट फर्किएर अहिले उनले दमकमा नेपाली कागज उत्पादनको घरेलु उद्योग खोलेका छन् । 

उनले दमकमा विगत ६ महिनादेखि पाथीभरा नेपाली कागज उद्योग स्थापना गरि नियमित कागज उत्पादन गर्दै आएका छन् । वैैदेशिक रोजगारीको सिलसिलामा इराक र अफगानिस्तानमा ३ वर्ष बिताएका लिम्बु नेपालमै परिवारको साथमा बसेर केहि गरौ भन्ने उदेश्यले नेपाली कागज उत्पादन सुरु गरेको बताउँछन् ।

वैैदेशक रोजगारीमा रहँदा कमाएको केही रकमबाट उनले यो नेपाली कागज उत्पादन गर्ने उद्योग सुरु गरेरका हुन् । झण्डैे ५ लाख रुपैंया लगानी गरेर सुरु गरेको उद्योगमा अहिले ४ सय वटा फमबाट दिनमा ३ देखि ४ पटक सम्म कागज उत्पादन भइरहेको छन् । सरकारी कामकाज होस या त अन्य लेखापढीको लागिपनि नेपाली कागजको प्रयोग गर्ने चलन छ । बजारमापनि नेपाली कागजको माग धेरै छ । तर, कच्चापदार्थ टाढाबाट ल्याउनु पर्ने बाध्यताले गर्दा समस्या भईरहेको उनको गुनासो छ ।

लिम्बुले अहिले आफ्नो उद्योगमा अरु ४ जनालाई रोजगारीपनि दिएका छन् । विदेशमा रहँदा अरुको खटन–पटन सहनुपर्दाको पीडा सम्झदै लिम्बु भन्छन्, ‘आफैं मालिक बन्दा त बेग्लै आनन्द आउँदो रहेछ ।’

उद्योगलाई अझै व्यवस्थित र विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने लक्ष उनको छ । 

यहाँ उत्पादित नेपाली कागज स्थानीय बजारसंगै संघीय राजधानी काठमाडौ, प्रदेश राजधानी विराटनगर, चितवन लगायतका बजारसम्म जाने गरेको लिम्बु सुनाउँछन् । 

विदेशीने योजनामा रहेका युवाहरुलाई स्वदेशमा नै केही गरेर अघि बढ्न उनले सुझाव दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर