• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सस्तो काउलीको स्वादिलो अचार बनाउले सजिलो विधि

काठमाडौं  । नेपाली बजारमा काउलीको मूल्य निकै घटेको छ ।  काउलीको तरकारी मात्र होइन अचार पनि उतिकै स्वादिलो हुन्छ ।  वैज्ञानिक अध्ययनहरुबाट काउली निकै लाभदायक हुने तथ्य पुष्टि भैसकेको छ । काउलीमा विभिन्न खाले औषधीय गुण हुने भएकाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।

काउलीमा हुने फाइबरले हाम्रो पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।गर्भावस्थामा समेत काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।

विभिन्न वैज्ञानिक अध्ययनहरुले काउली लगायतका सागपातहरुले पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लगाएका छन् ।
काउलीको नियमित सेवनले मोटोपनाबाट छुटकारा दिलाउन समेत सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।

काउलीमा प्रसस्त क्याल्सियम पाइन्छ । यस्तो क्याल्सियम हाम्रो शरीरको हड्डीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।

काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।

दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।

रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।

काउलीको नियमित सेवनले कपाल झर्ने समस्या समेत घट्ने विज्ञहरु बताउँछन् ।

काउलीको छनोट

 काउली सफा र कसिलो हुनुपर्छ

काट्ने तरिका
 काउलीको डन्टा काट्ने र खाली फुललाई राख्ने

काटिसकेको काउलीलाई २ मिनेट सम्म नुन र बेसार पानीमा उमाल्ने तर त्यसमा आधा चम्चा भेनेगर हाल्ने ।

उमलेको काउीको पानी छानेर 
३ देखि ४ घन्टा सुकाउने


मसला बनाउने तरिका
सौँफ  २ ठुलो चम्चा
मेथि १ ठुलो चम्चा
ज्वानो १ ठुलो चम्चा
जिरा २ ठुलो चम्चा
तोरी ३ ठुलो चम्चा
तेल आधा लिटर
हिङ १ र २ ठुलो चम्चा
रातो खुर्सानी ३ ठुलो चम्चा
कालो नुन १ ठुलो चम्चा
सादा नुन स्वाद अनुसार

सबै मसलालाई हल्का भुट्ने र खस्रो गरेर पिस्ने
तयार पारेको काउलीलाई सफा भाडाँमा राखेर तयार पारेको मसलालाई मिसाउने

तेललाई तातो पार्ने र तेल चिसो पारी अचारमा मिसाउने यसरी मिसाको अचारलाई सीसीको बट्टामा राखिने । यसरी तयार भएको अचारलाई मन लागेको खण्डमा जनतिबेला पनि खान सकिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर