• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 01:39 pm

पाल्पा महोत्सवको रौनक [फोटोफिचर]

पाल्पा । पाल्पा व्यापार संघद्वारा आयोजित पाल्पा महोत्सवको तेस्रो दिनमात्र १५ हजार  बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । 

तानसेन–९, माडीफांट दमकडामा जारी महोत्सवमा शनिबार चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर, आधुनिक गायक अर्जुन कौशल, नारायण खड्का, धनमाया दिसुवा, लोकेन्द्र थापा, संगिता थापा, रास्कोटी मगरलगायतका कलाकारसंग दर्शकहरु रमाएका छन । 

कार्यक्रममा हास्य कलाकार नारायण बस्याल, दमकडा समूहको झ्यारे, शौभाम्य कला केन्द्र र संगीता एण्ड द ग्रुप व्याण्डको समेत नृत्य र विद्यालय स्तरीय प्रतियोगितात्मक प्रस्तुती भएको सांस्कृतिक संयोजक थानेश्वर गैरेले जानकारी दिए । 

पहिलो, दोस्रो र तेस्रो दिन गरी अहिलेसम्म ३० हजारबढी दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । मेलाको चौथो दिन आइतबार भने शिरिस देवकोटा, शान्ता परियार, रामचन्द्र चन्दको प्रस्तुती रहनेछ । 

तीन दिनमा एक करोड २० लाख कारोबार :
महोत्सवमा हालसम्म करिब एक करोड २० लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा कृषि सम्बन्धी २५, पर्यटन सम्बन्धी, लत्ताकपडा सम्बन्धी ५०, घरेलु तथा साना उद्योागका १०, बैंक तथा संघसंस्थाका २०, तथा अन्य राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टल रहेको स्टल रहेका छन ।

मेलाका स्टलमध्य दमकडा नमुना माविका विद्यार्थीहरुले तयार गरेको भावी माडीको रुपरेखा दर्शकका लागि आकर्षक बनेको छ । 

यस्तै पाल्पाका घरेलु उद्योगको रुपमा बिस्तार भएका फलामका औजार, तरकारी, मौरीका स्टलमा समेत सहभागीको भीड लागेको छ । ग्रामीण क्षेत्रमा पनि मेला महोत्सवको सम्भावना भएकाले यो पटक सहर उन्मुख क्षेत्र माडीको दमकडामा पाल्पा महोत्सव गरिएको आयोजकले जनाएको छ । 

महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले ग्रामीण क्षेत्रमा गरिएको महोत्सवले बजारमा पुगेका मानिसलाई गाउँमा फर्काउन सहयोग गर्ने बताए । मेला फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाबाट जोगिँदै, तरकारी फलाउँदै [फोटोफिचर]

  • २५ चैत, २०७६

गौरादह । कोरोना भाइरसको संक्रमणबाट पूरै देश ठप्प भएका बेला झापा गौरादहका एक किसान भने तरकारी खेतीमा दिनरात खटिरहेका छन् । झापा गौरादह नगरापलिका–३,

लकडाउनको तेस्रो दिन, पाँच तस्वीरमा काठमाडौं...

  • १३ चैत, २०७६

काठमाडौं । लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान

कोरोना त्रास : पश्चिमी नाकाबाट फर्कने नेपाली ह्वात्तै बढे, मुख्यमन्त्रीद्वारा निरिक्षण [फोटोफिचर]

  • ८ चैत, २०७६

कञ्चनपुर । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।  कञ्चनपुरको