• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

महरा रिहा भएपछि अदालत परिसरमै प्रचण्डको फोन–‘बधाई छ कमरेड !’

मुस्कुराउँदै महराको जवाफ–‘धन्यवाद !’

काठमाडौं । बलात्कार प्रयासको मुद्दामा सफाई पाएसंगै पूर्वसभामुख कृष्णबहादुर महरालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले फोन गरे । त्यो पनि महरा अदालत परिसरभित्रै रहँदा । 

निकै नजिकका र विश्वासपात्रका रुपमा चिनिने महरालाई प्रचण्डले फोनमार्फत बधाई दिए । जतिबेला उनी अदालत परिसरभित्रै थिए । उनले मुस्कुराउँदै ‘धन्यवाद’ भन्दै फोन राखे । 

‘बधाइ छ कमरेड !’ प्रचण्डले फोनमार्फत महरालाई बधाइ दिँदा महरा मुस्कुराएर धन्यवाद भनेका थिए । अदालत परिसरबाट बाहिर निस्किँदा नेताहरुसंग कुराकानी भएको नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए । जतिबेला उनी पनि त्यहीँ थिए । 

‘परिवारका सदस्य, पार्टीको शीर्ष नेतृत्व लगायतबाट उहाँलाई बधाइ आइरहेको छ’ उनले भने । यौन दुर्व्यवहारको आरोपमा गत असोज १९ गते प्रहरीले नियन्त्रणमा रहेका महरा सोमबार रिहा भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर