महाकाली चारलेन पुल : ४० प्रतिशत काम सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १२ स्थित महाकाली नदी माथी निर्माण भइरहेको चारलेन पक्की पुलले निमार्णमा तीव्रता पाएको छ । यसै आर्थिक वर्ष भित्रमा राजमार्ग सम्मको छ लेनको पहुँच मार्गलाई कालोपत्रे गर्ने उदेश्यले काम तीव्र गतिमा अगाडि बढाईरहेको महाकाली पुल आयोजनाका ईन्जिनीयर शुलभ न्यौपानेले बताए ।

आयोजनाले यसै आर्थिक वर्षमा ६५ देखि ७० प्रतिशत सम्म काम गरिसक्ने लक्ष्यका साथ हाल सम्म करिब ४० प्रतिशत काम सम्पन्न उनले दावी गरे । आर्थिक वर्ष २०७४÷७५ मा काम शुरु गरेको पुल आयोजनाले हाल सम्म ४० प्रतिशत काम सम्पन्न भएकाले कामको गति सन्तोषजनक रहेको आयोजनाका ईन्जिनीयर न्यौपाने बताए ।‘पुलको चालिस प्रतिशत जति काम भइरहेको छ , हाल पुलको पिल्लर हाल्ने र ६ लेनको पहुँच मार्गमा नाली बनाई सकेर ६ लेनको बाटो निर्माण गर्ने काम भएरहेको न्यौपानेले भने । गत आर्थिक वर्ष २०७४÷७५ भदौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरे पश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामाग्री जडान पुलको पिल्लर बनाउने र राजमार्ग जोड्ने ६ लेनको सडक निर्माणको कार्य गरिरहेको छ । 

कम्पनिले हाल सम्म १४ वटा पिल्लर निर्माण गरिसकेको छ भने पुलको बिच भागमा तीन वटा पिल्लरमा पुलको निर्माणका लागि स्लाव र स्पान जोड्ने काम भईरहेको छ । तीन अर्व २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएकामा हाल सम्म पुल निर्माणका क्रममा करीब एक अर्ब २० करोड रुपैयाँ सकिएको बताएको छ । पुलको हाल सम्म ६० प्रतिशत काम सम्पन्न गर्दा सम्म करीब एक अर्ब २० करोड रुपैयाँ फछर्याट भइसकेको सुचना अधिकारी न्यौपानेले बताए । आयोजनाले आर्थिक वर्ष २०७४र७५ मा साढे ६ करोक बजेट खर्च गरेको छ भने गत आर्थिक वर्ष ७५र ७६ मा ८२ करोड ५० हजार बजेट खर्च गरेको थियो । सरकारले यस आर्थिक वर्षमा पुलको लागि ९० करोड विनियोजन गरेको थियो ।

यस्तै पुल आयोजनाले पुल आयोजनाको सडकमा पर्ने जग्गा धनीको मुअब्जा वितरणको काम पनि लगभग सकिएको बताएको छ । आयोजनाले मुअब्जा वितरणका लागि करिब १० करोड बजेट छुट्याएका थियो ।जसमा दर्तावाला जग्गा धनि र ऐलानी जग्गा रहेका जग्गाधनी दुवैलाई मुअब्जाको टुङ्गो लगाई पारित गर्नका लागि पठाई सकिएको आयोजनाका ईन्जिनीयर न्यौपानेले बताए ।

महाकाली पुलको निर्माण अवधी ३ बर्ष तोकिएकोमा हाल एक वर्ष थप गरिएको छ । सम्झौता अनसार पुल निर्माण कार्य वि।सं। २०७७ भदौमा सम्पन्न हुने भनिए पनि सरकारका काम कारवाहि र ७४ सालको निर्वाचन लगायतका कामले मुअब्जा वितरण लगायतका कामको ढिलाईले गर्दा पुल निर्माणको काम समयमै नसकिने भन्दै एक वर्ष समयावधी थप गरेको थियो ।नयाँ सम्झौता अनुसार अब पुलको निर्मार्ण कार्य २०७८ भदौमा सम्पन्न हुने जनाएको छ । पुल निर्माण भए पछि उक्त नाका नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास हुने स्थानीयबासीको अपेक्षा गरेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर