नेहा कक्कडसँगको ब्रेकअपमा हिमांश कोहलीले भने– ‘मैले होइन नेहाले मलाई ब्रेकअप दिएको हो’ 

एजेन्सी । हिमांश कोहलीले लगभग ४ फिल्म र केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । पछिल्लो केही समयदेखि उनी आफ्नो कामको कारणले भन्दा पनि आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा रहेका छन् । एक वर्ष अगाडी उनको र  नेहा कक्कडको ब्रेकअप भएको थियो । जसको कारण सामाजिक सञ्जालमा हिमांशीको बारेमा नराम्रो चर्चा भएको थियो । एक अन्तर्वातामा हिमांशीले नेहा र उनको प्रेम जीवनको बारेमा केही खुलासा गरेका छन् । 

काम भन्दा व्यक्तिगत जीवनको कारण चर्चामा किन ?
मिडियाका सबै मान्छेहरुले मलाई नेहाको एक्स बोइफ्रेन्ड भनेर बोलाउने गरेका छन् । मलाई थाहा छ कुनै समय म उसँग सम्बन्धमा थिएँ । यो सामान्य कुरा हो । तर किन मैले आफैले सुरु गरेका आफ्नो पहिचानबाट मानिसहरु मलाई चिन्न चाहदैनन । सन् २०१४ मा मैले टिभी सो ‘हमसे है लाईफ’ बाट पहिचान बनाएको छु र यो पछि मैले फिल्म ‘यारिया’ बाट आफ्नो बलियो पहिचान बनाएको छु ।  सायद सन् २०१७ तिरको कुरा हो म राँची डायरीजको प्रमोसनमा थिए । फिल्ममा नेहाले एक गीत गाएकी थिइन् र त्थही समयदेखि हामी नजिकिएका हौा हामीले विवाह गर्ने योजना समेत बनाएका थियौँ । ’

ब्रेअप किन भयो ? 
जब नेहा र शिहांशको ब्रेकअप हुन्दा सामाजिक सञ्जालमा सबैले हिमांशलाई नै गलत भनिरहेका थिए । हिमांशले भने –‘मैले ब्ैकअपको बारेमा केही भनेको थिइन। सबै जना अनुमानको भरमा मलाई गाली गरिहेका थिए । त्यो समय मेरो जीवनको एक संघर्षको समय थियो । मेरो कुरा र सच्चाई सुन्नकोही तयार थिएनन । सबै जना मेरो विरोधमा लागेका थिए । नेहा टिभी सोमा गइर रोइन केही कुरालाई सबैले विश्वास गरे  । म पाि सबैलाई धेरै कुरा भन्न र रुन चाहन्थे तर सोचे जसलाई म यति धेरै माया गर्छु उसैको बारेमा गलत कसरी बोल्न सक्छस अनि म चुप बसेको हुँ । ’

ब्रकअपको बारेमा हिमांशले भने –‘हाम्रो समबन्ध टुट्नुका् धेरै कारण छन् यो विषया म केही भन्न सक्छिन् । म यति मात्र भन्न सक्टु नेहा यो सम्बन्धमा बस्न चाहदैन थिइन् । त्यसैले दुबैजना अलग बस्ने निर्णय गरेका थियो । म उसको निर्णयमा सहमत भएको हुँ । तर नेहाले मेरो विरोधमा पोस्ट भने लेखिरहिन् । ’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर