• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लुकेर तेश्रो विवाह गर्दै थिए, पुगिन् पहिलो पत्नी 

एजेन्सी । घटना गत शुक्रबारको हो, पाकिस्तानको कराचीमा आसिफ राफिक सिद्दीकी नामक व्यक्ति गोप्य तरिकाले तेश्रो विवाह गर्दै थिए, त्यही बेला उनकी पहिलो श्रीमती पुगिन् । 

आसिफलाई त्यहाँ उपस्थित मानिसहरुले कुटपिट गरेका थिए । आक्रोशित भीडले उनको सर्ट–पाइन्ट पनि च्याती दिए । 

यद्यपि, पाकिस्तानमा बहुविवाह वैध छ । एक पुरुषले चार महिलासँग विवाह गर्न सक्छ, तर यसका लागि अघिल्लो पत्नीहरुको सहमति हुन आवश्यक छ । तर आसिफले आफ्नो अघिल्ला श्रीमतीहरुसँग सहमति मागेका थिएनन् । 

आसिफकी पहिलो पत्नी मदिहा सिद्दीकी विवाह स्थल पुगेर नानाथरी बोल्दै चिच्याइरहेकी थिइन् । दुलही तर्फको एक आफन्तले उनीसँग सोध्दा दुलाहा आफ्नो श्रीमान् भएको बताइन् । आसिफले तीन दिनका लागि हैदरावाद जाने बताएर घरबाट हिडेको मदिहाले बताइन् । मदिहा विवाह समारोह स्थलमा सानो छोरा, सासू र जेठानीसँग पुगेकी थिइन् । 

मदिहाले सन् २०१६ मै आसिफसँग विवाह भएको बताइन् । सन् २०१८ मा फेरि आफूलाई थाहै नदिई एक अर्को महिलासँग विवाह गरेको पनि उनले बताइन् । भीडको अगाडी मदिहाले सबै पोल खोलीरहँदा आसिफ चुपचाप सुनिरहेका थिए । 

त्यसपछि प्रहरी बोलाइयो र दुलही तर्फकाले आसिफलाई पिट्नसम्म पिटे । आसिफ कराचीस्थित उर्दू विश्वविद्यालयमा जागिरे हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर