• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संसदमा मन्त्री पुनले हिन्दी भाषामा सेधिएको प्रश्नको उत्तर दिएनन्

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

सभामुख अग्नि प्रसाद सापकोटाले सुन्य समयमा बोल्नेहरुको क्रम सकिएपछि प्रश्नोत्तर सुरु गरे । सुरुमा नै पालो आयो ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको उनलाई सवैभन्दा पहिला नेककिपाका सांसद प्रेम सुवालले प्रश्न गरे । रंगमति शाही र सरिता गिरिले पुरक प्रश्न गरे । 

जवाफ दिने क्रममा मन्त्री पुनले सांसद सुवाल, तथा शाहीका प्रश्नको उत्तर दिए भने सांसद गिरीका प्रश्न नबुझेको भन्दै उत्तर दिएनन् । 

सामान्यतया संसदमा सबैले सरकारी कामकाजको नेपाली भाषामा नै बोल्ने गर्दछन् । तर आफुलाई मन लागेका अन्य अन्तराष्ट्रिय तथा मातृ भाषामा पनि बोल्न पाईने प्रावधान छ । सोही अनुसार सांसद गिरीले हिन्दी भाषामा पुरक प्रश्न गरिन् । 

मन्त्री पुनको सचिवालयका अनुसार मन्त्री पुन नेपाली, अंग्रेजी, हिन्दी तथा मगर भाषा बुझ्न र बोल्न सक्दछन् । तर उनले संसदमा सांसद गिरीले हिन्दीमा सोधेको प्रश्न नबुझेको भन्दै उत्तर दिएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर