• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बुढीगण्डकीको मुअव्जा वितरण सकेर यो वर्ष निमार्णमा जान्छौं–मन्त्री पुन (भिडियाेसहित)

काठमाडौं । ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण यो वर्षबाट थालनी हुने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा भएको प्रश्नोत्तर सेसनमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिदै मन्त्री पुनले यो वर्ष मुअव्जा वितरण सकेर कुन मोडालिटिमा बनाउने भन्ने टुंगो लगाउदै निर्माण थाल्ने बताएका हुन् ।

‘बुढिगण्डकी विना प्रतिस्पर्धा कसैलाई दिएको छैन, सांसद डिला संग्रौंलाले सोधेको प्रश्नको उत्तरमा मन्त्री पुनले भने, 'यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो । मुअब्जाबारे निर्धारण भईसकेको छ, समस्या छैन । यो आर्थिक वर्षमा मुअब्जाको काम सकेर निर्माण प्रकृयामा जाने तयारीमा छौं ।’

मन्त्री पुनले काठका तथा कच्ची पोलका कारण ठुलो धनजनको क्षेती पुगेको भन्ने प्रश्नको उत्तर दिदै अहिले देशमा ४ लाख काठका पोल रहेकाले तिनलाई विस्थापन गर्ने र सहरी क्षेत्रमा भुमिगत विद्युतीकरढणको काम समेत सुरु गरिसकेको बताए ।

‘यसै वर्ष ३० हजार पोल विस्थापन भए , मान्त्री पुनले भने, ‘क्रमस विस्थापन गर्दै जाने छौं । सन् २०२१ सम्ममा काठमाडौंमा भूमिगत तारबाट विद्युत वितरण हुने छ । त्यसपछि क्रमसः सवै तिर भुमिगत तारबाट विद्युत वितरण गर्ने सरकारको लक्ष छ । यसै वर्ष ४० जिल्लामा विद्युतिकरण पुर्याउदैछौं । केन्द्रीय प्रशारण लाईन नपुगेका स्थानमा वैकल्पीक योजनाबाट भएपनि विद्युत पुर्याउने लक्ष सरकारको छ ।’

मन्त्री पुनले सिंचाइका क्षेत्रमा समेत उल्लेख्य प्रगति भएको संसदलाई जानकारी गराए ।

सांसद प्रेम सुवालले सोधेको प्रश्नमा मन्त्री पुनले भने, ‘नेपालमा कुल खेतियोग्य जमिन २६ लाख ४१ हजार हेक्टर छ, २२ लख ६५ हजार हेक्टर सिंचाइ योग्य जमिन छ, १४ लाख ४३ हजार हेक्टरमा सिंचाइ पुगेको छ, बाँकीमा पूर्वाधार पुर्याउने काम भईरहेको छ । २०८०÷८१ सम्ममा ९० प्रतिशत सिंचाइ पुर्याउने ।ड

भेरी बबई डाईभर्सन, सिक्टा सिंचाई, रानी जमरा कुलरिया, बबई, महाकाली, सुनकोशी मरिन डाईभर्सन जस्ता परियोजनाले नेपालको कृषियुक्त जमिनमा सिंचाई पुर्याउन निक्कै सहयोग पुग्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर