• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मेसीले जिते ‘स्पोर्ट्सम्यान अफ द इयर’ अवार्ड

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान स्टार स्ट्राईकर लियोनल मेसिका सौयौं उपाधि र रेकर्डहरु छन् । त्यसैमा सोमबार मात्रै अर्को अवार्ड थपिएको छ । फुटबलरहरुले विरलै पाउने उक्त अवार्ड मेसीले पहिलो पटक हात पारे ।  लियोनल मेस्सीले ‘लाउसरेस स्पोर्ट्म्यान अफ द इयर–२०१९’ जितेका छन् ।

यस अवार्ड जितेसँगै मेस्सी लाउरेस स्पोर्ट्सम्यानको अवार्ड जित्ने पहिलो फुटबलर बनेका छन् । यो अवार्ड  फुटबल विधाबाट मेस्सी र रेसिङ ड्राइभर लेविस ह्यामिल्टनले पाएका हुन् ।

मेसीले अवार्ड वितरण समारोहमा उपस्थित हुन नसकेकोमा दुख व्यक्त गर्दै भिडियो मार्फत क्षमाप्रार्थी रहेको बताएका थिए । ‘म त्यहाँ उपस्थित हुन नपाएकोमा क्षमाप्राथी छु, यो अवार्ड जित्ने पहिलो खेलाडी भएकोमा म धेरै उत्साहित छु,’ उनले भनेका छन् ।

‘यस अवार्ड जित्न पाउँदा गर्व महसूस गरेको छु’, मेस्सीले भिडियोमार्फत् भनेका छन्, ‘पक्कै पनि यसका लागि म मेरो परिवार र सहकर्मी साथीहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर