• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पर्यटनमन्त्रीको निर्देशन : नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश तीन भाषामा तयार गर्नु, तीन दिनमा सम्प्रेषण गर्नु

यस्ता छन् अन्य निर्देशन

काठमाडौं । चीनको वुहान शहरबाट महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको प्रभावबाट नेपालको पर्यटन क्षेत्रमा प्रभाव नपारोस् भन्दै सरकारले तयारी थालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गर्नुपर्ने वैकल्पिक रणनीतिहरू सम्बन्धमा सम्वद्ध निकायहरूसंग भएको छलफलपछि मन्त्री योगेशकुमार भट्टराईले ११ बुँदे निर्देशन दिएका छन् । 

नेपाल कोरोना भाइरसमुक्त क्षेत्र भएको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्नका लागि उनले उक्त निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले नेपाल पर्यटन बोर्डबाट नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृष्य प्रचार सामाग्रीहरू अंग्रेजी, चिनीया र हिन्दी भाषामा तीनदिन भित्र तयार गरी व्यापकरूपमा सम्प्रेषित गर्ने व्यवस्था मिलाउने निर्देशन दिएका छनु । 

जुन सन्देशमा नेपालमा कोरोना भाइरस भित्रिन तथा फैलन नदिन गरिएका तयारी समेतको जानकारी दिन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

त्यस्तै, चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त हुने बताइएको छ । ‘यस संकटलाई चीनले शीघ्र समाधान गर्न सक्ने र चिनीया पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमूलक आकर्षक श्रव्यदृष्य सामाग्री चिनीया भाषामा तयार गरी नेपाल पर्यटन बोर्डले सातदिन भित्र चिनीया सञ्चार माध्यमहरू तथा चीनमा रहेका नेपाली नियोग मार्फत संप्रेषण गर्ने व्यवस्था मिलाउने ।’ मन्त्रालयद्ुवारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्णयमा भनिएको छ । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गर्न इच्छुक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन गर्ने’

यस्ता छन् अन्य निर्णय :
निर्णय नं १
छिमेकी मित्रराष्ट्र चीनमा देखिएको कोरोना भाइरसको प्रभावबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर  पर्न नदिनको लागि नेपाल पर्यटन बोर्डबाट नेपाल कोरोना भाइरसमुक्त क्षेत्र (Corona Virus Free Zone ) रहेको सन्देशमूलक श्रव्यदृष्य प्रचार सामाग्रीहरू अंग्रेजी, चिनीया र हिन्दी भाषामा तीन ९३० दिन भित्र तयार गरी व्यापकरूपमा सम्प्रेषित गर्ने व्यवस्था मिलाउने । यस्ता सन्देशहरूमा नेपालमा कोरोना भाइरस भित्रिन तथा फैलन नदिन गरिएका तयारी समेतको जानकारी दिने । 
उक्त सामाग्रीहरूलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन सम्वद्ध निजी क्षेत्रका वेवसाईट तथा सामाजिक सञ्जालहरूमा समेत राख्ने व्यवस्था मिलाउने । 

निर्णय नं २
छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त हुने, यस संकटलाई चीनले शीघ्र समाधान गर्न सक्ने र चिनीया पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमूलक आकर्षक श्रव्यदृष्य सामाग्री चिनीया भाषामा तयार गरी नेपाल पर्यटन बोर्डले सात ९७० दिन भित्र चिनीया सञ्चार माध्यमहरू तथा चीनमा रहेका नेपाली नियोग मार्फत संप्रेषण गर्ने व्यवस्था मिलाउने । त्यस्तो सन्देश अन्य माध्यमबाट समेत प्रचार गर्ने व्यवस्था गर्ने । 

निर्णय नं३
नेपालको पर्यटन क्षेत्रमा देखिएको नयाँ परिस्थितिमा बजार प्रवर्द्धनका बैकल्पिक उपायहरू अबलम्बन गर्नका लागि नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट देहाय बमोजिमका पर्यटन स्रोत बजारलाई लक्षित गरी एचयmयतष्यल म्भकप आज तयार गर्ने । प्रत्येक म्भकप मा बोर्ड, सचिवालय र निजी क्षेत्रबाट १र१ जना प्रतिनिधि रहने व्यवस्था मिलाई निरन्तररूपमा देहायका कार्यहरू गर्ने व्यवस्था मिलाउनाेस् ।
कार्यविवरण 
    सम्बन्धित बजारको वर्तमान अवस्थाको विश्लेषण गर्ने,
    नेपालमा उक्त क्षेत्रबाट पर्यटक आगमनको अवस्था र सम्भावना,
    प्रवर्द्धनका लागि तत्काल अवलम्बन गर्नुपर्ने उपाय, निजी क्षेत्र सहितको संलग्नतामा प्याकेज तथा सहुलियतको तयारी र त्यसको कार्यान्वयन, 
    सम्बन्धित बजारमा हुने पर्यटन मेला, सहभागिता, प्रभावकारीता र विकल्प तयारी,
    सम्बन्धित बजारबाट नेपालमा ल्याउन सकिने सेलिब्रेटी, मिडिया पर्सन र यस मार्फत प्रचारप्रसार ।
स्थापना गर्नुपर्ने एचयmयतष्यल म्भकपक
Desk 1 भारत 
Desk 2चीन
Desk 3 दक्षिण एशिया श्रीलङ्का, बंगलादेश, भुटान र पाकिस्तान 
Desk 4 मध्यपूर्व कतार, युएई, ओमान, साउदी अरव, इजराइल, बहराईन, टर्की  
Desk 5पूर्वी एशिया जापान, कोरिया, मलेशिया, इन्डोनेशिया, सिंगापूर  
Desk 6 Buddhist Market- थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, म्यानमार  
Desk 7 North America- र क्यानडा
Desk 8 वेलायत
Desk 9 वेलायत बाहेकका यूरोपेली देशहरू र रसिया
Desk 10 अष्ट्रेलिया, न्यूजिल्याण्ड
Desk 11अफ्रिका
Desk 12 ल्याटिन अमेरिका

निर्णय नं ४
निर्णय नं ३ अनुसारका डेस्कहरूलाई लक्ष्य तोक्ने, कार्यमा सहजीकरण र समन्वय गरी नतिजामूलक कार्य सम्पादन गर्न गराउने व्यवस्था गर्न र कार्यसम्पादनको निरन्तर जानकारी ध्बतअज न्चयगउ लाई  दैनिक रूपमा दिने कार्य नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक श्री नन्दिनी लाहेथापा र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका सदस्य सचिव श्री बच्चु नारायण श्रेष्ठले गर्ने। 

निर्णय नं ५
निर्णय नं ३ अनुसारका एचयmयतष्यल म्भकपक को निरन्तर अनुगमन गरी नतिजामूलकरूपमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नरगराउनका लागि मन्त्रालयका पर्यटन महाशाखा प्रमुख श्री घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मी, नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक श्री सुरज बैद्य, नेपाल वायुसेवा निगमका निर्देशक श्री दिपु जुहार्चन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक श्री देवचन्द्र लाल रहेको ध्बतअज न्चयगउ रहने ।  यस समूहले प्रत्येक हप्ता मन्त्रालयमा व्रिफिङ गर्ने । 

निर्णय नं ६
नेपाल पर्यटन बोर्डले निर्णय नं।३ बमोजिम गठन हुने डेस्कहरूमा रहने सबै प्रतिनिधीहरूलाई शीघ्र अभिमुखिकरण गर्ने व्यवस्था मिलाउने ।

निर्णय नं ७
नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबाट पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा दोहोरोपना हुन नदिने व्यवस्था मिलाउने । परिवर्तित परिवेशमा नेपालको पर्यटन प्रवर्द्धनका लागि विदेशस्थित नेपाली नियोग र गैर आवासिय नेपाली संघसँगको समन्वयमा गर्नेरगराउने व्यवस्था मिलाउने । 

निर्णय नं ९
उल्लेखित पर्यटन बजारहरूबाट प्रसिद्ध सेलिब्रिटिहरू, खेलाडी, सञ्चारकर्मीको नेपाल भ्रमण गराई पर्यटन प्रवर्द्धनको कार्यलाई प्राथमिकता दिने । 

निर्णय नं १०
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गर्न इच्छुक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन गर्ने ।

निर्णय नं ११
नेपाल वायुसेवा निगमले नेपालका पर्यटन स्रोत बजारहरूलाई लक्षित गरी उडानको लागि आवश्यक प्रकृया तथा तयारी गर्ने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर