• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कञ्चनपुरमा नवजात शिशुको शव भेटियो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाउँ कालीपुल नजिक एक नवजात शिशुको शव भेटिएको छ ।

मंगलवार भीमदत्त नगरपालिका–५ बनगाउँस्थित कालीपुल नजिक नवजात शिशुको  शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए । स्थानीयले खबर गरे पछि प्रहरी टोली पुगेको हो ।

शव पहिचान गर्न सकिने अवस्थामा नरहेको उनले बताए । बच्चा जन्माएर फालेको आशंका गरिएको छ । शिशुको छातीमुनीको भाग क्षतबिक्षत अवस्थामा रहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर